अमेरिका । बलिउड अभिनेत्री हुमा कुरेसी अहिले नेपालमा छिन् । विहिबार नेपाल पुगेकी उनको आइतबार बिहान भारत फर्कने कार्यक्रम छ । बालबालिकाको क्षेत्रमा कार्य गर्ने सामाजिक संस्था सेभ द चिल्ड्रेनले उनलाई नेपाल पुर्याएको हो ।
शनिबार उनले सबल नेपाल नामक सामाजिक संस्थामा बिताइन् जहाँ अनाथ र असहाय बालबालिका आश्रित छन् । कुरेसी सेभ द चिल्ड्रेनकी सद्भावना दूत समेत हुन् । तस्विरमा कुरेसीलाई नेपाली टोपीमा देख्न सकिन्छ । उनले बालबालिकासँग नाचगान गरेको र नेपाली बोल्न प्रयास गरेको सहभागिले बताए ।
हुमाले सेभ द चिल्ड्रेनले प्रदान गर्ने सामाग्री र छात्रवृत्ति वितरण गरेकी थिइन् । सन् २०१२ मा ग्याङ्स अफ वासेपुरबाट बलिउड डेब्यु गरेकी हुमाले बदलापुर, एक थी डायन, डेड इस्किया, सर्ट्स, जोली एलएलजीमा अभिनय गरेकी थिइन् । उनको आर्मी अफ दी डेड रिलिज तयारीमा छ ।







प्रतिक्रिया लेख्नुहोस्:-