Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजा अन्तरसंवाद निस्कर्ष: पत्रकारिता डिजिटल दुनिया भन्दा फरक

पत्रकारितामा प्रविधिको प्रयोग गर्दा विवेक पुर्याउनुपर्ने

बैशाख २४, २०७९ ३:४५ मा प्रकाशित
नेजा अन्तरसंवाद निस्कर्ष: पत्रकारिता डिजिटल दुनिया भन्दा फरक
Share on FacebookShare on Twitter

अमेरिका,२१ वैशाख । प्रविधिको विकास र प्रयोगसँगै पत्रकारिता क्षेत्रमा चुनौती थपेको प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको अन्तरसंवादमा निष्कर्ष निस्कीएको छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरेको भर्चुअल अन्तरसम्वाद सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन ।

पत्रकारितामा प्रविधिको प्रयोग गर्दा विवेक पुर्याउनुपर्नेमा सहभागिहरुले जोड दिए । “जर्नालिजम अण्डर डिजिटल शिज” भन्ने  नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेजाले पनि सोही विषयमा केन्द्रित रहेर अन्तरसम्वाद कार्यक्रम गरेको थियो ।विश्व डिजिटल दुनियाँमा अभ्यस्त भइरहँदा पत्रकारिता त्यसबाट अलग हुन नसक्ने भन्दै सहभागीहरूले डिजिटल दुनियाँभित्र पत्रकारिताले आफ्नो फरक पहिचान बनाउन सक्नुपर्नेतर्फ बताए । डिजिटल दुनियाँको विस्तारसँगै पत्रकारिता क्षेत्रमा चुनौती थपिएको उनीहरुको निष्कर्ष छ ।

प्रविधिले अरू क्षेत्रलाईजस्तै पत्रकारितालाई पनि ग्लोबल बनाइदिएको र त्यो हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै सहभागी वक्ताहरुले कतिपय अवस्थामा सामाजिक सञ्जालहरुमा आउने सबैखाले प्रस्तुतिलाई पत्रकारिताको रुपमा बुझिँदा त्यसले पत्रकारिताको विश्वसनीयतामै प्रश्न उठाइरहेको बताए । स्वतन्त्रता भनेको स्वछन्दता नभएकाले यसतर्फ पनि विशेष ध्यान पुर्याउनुपर्ने वक्ताहरुको भनाइ छ । अमेरिकाका लागि नेपाली राजदूत प्रा। श्रीधर खत्रीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क र कन्सेप्ट अगाडि बढाएको बताउँदै यसतर्फ सहयोग गर्न विकसित देशमा बसोबास गर्नेहरूसँग आग्रह गरे । अमेरिकालगायत विभिन्न विकसित देशमा बसोबास गर्नेहरूले त्यहाँको लोकतन्त्र, मानवअधिकार र अन्य विषयका बारेमा नेपालमा पनि प्रवाह गर्न राजदूत प्रा. खत्रीले आग्रह गरे ।

यस्तै क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले अमेरिका एवं क्यानाडामा रहेका पत्रकारले नेपालको प्रतिष्ठा र इज्जत बढाउने कार्य गरेको बताउँदै नेपाली भाषा एवम् संस्कृतिको जगेर्नाका साथै नेपालसँगको सम्बन्ध थप बलियो बनाएको बताउए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरम नेपालका महासचिव धर्मेन्द्र झा, सञ्चारअध्येता डा। भानुभक्त आचार्य, वरिष्ठ पत्रकार भागीरथ योगी र सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाले छुट्टाछुट्टै विषयमा रहेर विषयवक्ताको रुपमा धारणा राखेका थिए ।

नेजाका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा अमेरिकाको मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स डा। ह्यारी भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, नेपाल अमेरिका पत्रकार संघ ९नेजा०का संस्थापक अध्यक्ष गिरीश पोखरेल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रबिना थापा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, एनआरएनए क्यानाडाका अध्यक्ष दिपकदत्त गौतम, प्रवासी नेपाली मञ्चका महासचिव कृष्ण लामिछाने, एनएनएका अध्यक्ष बिजयराज भट्टराई, नेजाका सल्लाहकार सञ्जय घिमिरे, राजेश कोइराला, इन्दिरा चोङवाङ, वरिष्ठ पत्रकार विजय घिमिरे, पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याललगायतले धारणा राखेका थिए । कार्यक्रममा उपाध्यक्ष मच्छेदेवी गुरुङले स्वागत गरेकी थिइन भने महासचिव सुरज भण्डारीको कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result