काठमाडौं । शुक्रबार १९ किलो सुनसहित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट एकजना सुडानी नागरिक पक्राउ परेका छन् ।
फ्लाइ दुबईबाट नेपाल आएका सुडानी नागरिकबाट नियमित चेकजाँचकै क्रममा १९ किलो सुन भेटिएको विमानस्थल प्रहरी कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
डीआईजी ज्ञवालीका अनुसार उनले प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए। शंकाका आधारमा चेकजाँच गर्दा कम्मरमा बाँधेको अवस्थामा सेमिलिक्विड सुन फेला परेको हो। यसबारेमा थप अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-