काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा आफ्नो क्षेत्रभित्र राति १ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने प्रष्ट पारेको छ।
विगतका वर्षहरुमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्ने अनुमति दिँदै आएकोमा वर्ष भने १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षाका लागि गस्तीको व्यवस्था मिलाइएको काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन्।
‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन अनुरोध गर्दछौं,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्।






प्रतिक्रिया लेख्नुहोस्:-