Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्व नकर्मीको कृतिको नेपाली संस्करण सार्वजनिक

फाल्गुन २७, २०७४ ५:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, २७ फागुन/ नेपाल भाषाका वरिष्ठ कलाकार एवम् साहित्यकार स्व रामशेखर नकर्मी (शेखर दाइ)को नेपाल भाषाको कथा संग्रह ‘सिमात फःफःस्व’ को नेपाली संस्करण ‘बिच्किएका रूखहरु’ शनिबार सार्वजनिक भएको छ । आठ जना लेखक, साहित्यकार र पत्रकारको टोलीले नेपालीमा अनुवाद गरेको ‘बिच्किएका रूखहरु’ कथा संग्रहलाई नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले विमोचन गर्नुभयो ।

सो अवसरमा कथा संग्रह ‘सिमात फःफःस्व’ को दोस्रो संस्करण पनि सार्वजनिक गरिएको थियो । पल्पसा साहित्य ख्यःले प्रथम पटक प्रकाशित गरेको सो कथा संग्रहलाई महाजु फाउण्डेशन र नेवाः जनजागरणको आर्थिक सहयोगमा रामशेखर सहयोग समितिले नेपाल भाषामा दोस्रो संस्करणसमेत प्रकाशन गरेको हो ।

कथा संग्रह ‘सिमात फःफःस्व’का कथालाई रामशेखर सहयोग समिति भक्तपुरको सक्रियतामा त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, ध्रुव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब बनेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापतिले नेपालीमा अनुवाद गर्नु भएको हो ।

सो अवसरमा स्व नकर्मीका आत्मिय मित्र आशा थकुले उहाँको साहित्यिक एवं हास्य कलाकारिताका बारेमा प्रकाश पार्नुभएको थियो । कथा अनुवादक गोविन्दमान श्रेष्ठ र ओमचरण अमात्यले स्व नकर्मीलाई जीवन्तता दिनका लागि संस्थागत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालभाषा आन्दोलनका नेता मल्ल के सुन्दरले स्व नकर्मीको व्यक्तित्व व्यक्ति मात्र नभई संस्थाका रुपमा लिनुपर्ने बताउँदैं शेखर दाइको तीखो लेखन शैलीले तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाको विरुद्धमा सशक्त प्रतिनिधित्व दिएको र नेपालभाषा आन्दोलनमा ठूलो योगदान गरेको स्मरण गर्नुभयो । उहाँले नकर्मीको रचनाहरु नाटक, हास्यव्यग्य, कथा, निबन्ध, उपन्यासहरु उत्कृष्ट भएको बताउनुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result