Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संसद्मार्फत सबै समस्या समाधान गर्न प्रयास गरिन्छः सभामुख महरा

फाल्गुन २७, २०७४ १०:२६ मा प्रकाशित
संसद्मार्फत सबै समस्या समाधान गर्न प्रयास गरिन्छः सभामुख महरा
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ फागुन /  सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेता एवं सांसदबाट आफूलाई प्राप्त शुभकामनाको प्रत्युत्तरका क्रममा सभामुख महराले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफूलाई सभामुखमा निर्वाचित गर्न सहयोग पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रतिनिधिसभाका सबै सदस्यलाई धन्यवाद दिनुभयो । उहाँले विभिन्न राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्ने, घाइते, अपांगता भएका व्यक्ति तथा बेपत्ता नागरिकको पनि स्मरण गर्नुभयो ।

त्यसअघि सभामुख महरालाई सफल कार्यकालको शुभकामना दिँदै नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधान कार्यान्वयनमा नयाँ कानून चाहिने भएकाले त्यसमा सभामुख महराले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “ संसद्मा विभिन्न विचारधाराका दल रहेकाले सबसँग अन्तक्र्रिया गरी अगुवाइ गर्ने जिम्मेवारी सभामुखको काँधमा आएको छ ।”
बैठकमा नेपाली काँगेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा द्वन्द्वको अन्त्य भई समृद्धिको यात्रा शुरु भएकाले प्रतिपक्षका तर्फबाट सकारात्मक भूमिमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महरा राजनीतिक रुपमा परिपक्वसमेत हुनुभएकाले उहाँले सबैलाई समेटेर लैजान सफल हुने अपेक्षा गर्दछु ।”
नेकपा (माओवादी केन्द्र)का वर्षमान पुनले तीन वटै तहले विधायिकी अधिकार प्रयोग गरेपछि नयाँ अवसरसँगै चुुनौती पनि सिर्जना भएकाले नवनिर्वाचित सभामुखले कुशलतापूर्वक भूमिका निर्वाह गरी सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राजपा नेपालका शरत्सिंह भण्डारीले सबै नेपाली जनताको साझा थलोका रुपमा प्रतिनिधिसभालाई स्थापित गर्न नवनिर्वाचित सभामुखले महत्वपूर्ण कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्दै संविधान कार्यान्वयनका विषयमा विभिन्न समुदायले उठाएका विषयवस्तुलाई संसद्मार्फत पूरा गर्न सभामुखलाई सुझाव दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले संविधान निर्माणका क्रममा व्यक्त भएको असन्तुष्टि हालसम्म कायम रहेकाले त्यसलाई उचित रुपमा निरुपण गर्नुपर्ने बताउँदै राष्ट्रिय एकताको मुख्य आधार नै विविधतायुक्त संघीयता हो भन्नुभयो ।

राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सरकारलाई संसद्प्रति जिम्मेवार बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने कार्यसूची संघीय संसद् सचिवालयले तयार गरेको छ ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result