Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्राथमिकतामा

फाल्गुन २७, २०७४ ११:०३ मा प्रकाशित
Share on FacebookShare on Twitter

नवलपरासी, २७ फागुन /  जिल्लाका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ ।

दुईवटा साझेदारी, ३२ वटा सामुदायिक वन र चार हजार हेक्टर चक्ला वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो ।

वन क्षेत्रको उचित व्यवस्थापन, वन संरक्षण र वन सदुपयोग गर्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको जिल्ला वन अधिकृत विजयराज सुवेदीले जानकारी दिनुभयो ।

वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वन क्षेत्रमा रुखको नक्सांकन, रुखको वर्गीकरण समयावधि पुगेका पुराना रुख कटान अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोपण गर्ने गरिन्छ । जिल्लामा यस वर्ष करिब १० हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्ने योजना छ । वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रिय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गर्ने गरिन्छ ।

नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व र बर्दघाट सुस्ता–पश्चिममा आवश्यकताअनुसारको वन क्षेत्रमा वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । कार्यालयले इन्टरनेट माध्यमद्वारा मोबाइल डाटा व्यवस्थापन ट्र्याकिङ प्रविधिको प्रयोग गरेर वन व्यवस्थापनको काम अघि बढाएको हो ।

जनशक्ति र सवारी साधनको व्यस्थापन, छिटो छरितो काम गर्नका लागि सो प्रविधि प्रयोग गरी वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम गरिँदै आएको जिल्ला वन अधिकृत सुवेदीको भनाइ छ । जिल्लामा यस वर्ष साझेदारी वनतर्फ एक हजार ८०० हेक्टर क्षेत्रफल, सामुदायिक वनतर्फ छ हजार र चक्ला वनतर्फ चार हजार हेक्टरमा वैज्ञानिक वन व्यवस्थापनको काम जारी छ । साझेदारी वनतर्फ बुद्धशान्ति साझेदारी वन र पारिजात सामुदायिक वन रहेका छन् ।

कार्यालयले अनलाइन मोबाइल एप्स तयार गरी २४ वटा मोबाइल सेटमा सो प्रविधि व्यवस्थापन गरी दिनभर भएका काम फिल्डबाटै इन्टरनेट मोबाइलमा अपडेट हुने व्यवस्था मिलाएको छ । सो प्रविधिमार्फत फिल्डमा खटिएका कर्मचारीले इन्टरनेटको माध्यमद्वारा गरेका काम तत्कालै सो एप्समा अपडेट गर्ने र त्यसबाट सम्बन्धित फाँट वा शाखामा गरिएको कामको प्रगति तत्काल थाहा हुने व्यवस्था मिलाइएको छ ।

कार्यालयलाई आवश्यक कर्मचारी, १५ वटा प्रत्येक इलाका कार्यालय, तीनवटा सशस्त्र वन रक्षक क्याम्पमा मोबाइल सेट उपलब्ध गराएको छ । वैज्ञानिक वन व्यवस्थापन सरकारको प्रमुख प्राथमिकता प्राप्त कार्यक्रम हो । सुर्खेत, दाङ, बर्दिया, प्यूठान, कैलाली, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी, मोरङलगायत जिल्लामा सो कार्यक्रम लागू भएको छ । कपिलवस्तुको तिलौराकोट सामुदायिक साझेदारी वनमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको थियो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result