Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

फाल्गुन २७, २०७४ ११:३१ मा प्रकाशित
जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

pbok'/df e"k" ;}lgs ;Dd]ng pbok'/l:yt g]kfnL ;]gfsf] !* g+ aflxgL e'Ns]df cfOtaf/ cfof]lht e"k" ;}lgs ;Dd]ng tyf :jf:Yo lzlj/df k|wfg;]gfklt /fh]Gb| IfqL . t:jL/ M xl/s'df/ /fO{, ufO{3f6-pbok'/_, /f;;

Share on FacebookShare on Twitter

गाईघाट, उदयपुर, २७ फागुन / प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ ।

उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हाम्रो परम कर्तव्य रहेको बताउँदै भन्नुभयो, “राष्ट्रहित विपरीत हुन सक्ने आन्तरिक तथा बाह्य चुनौतीको सिलसिलामा नेपालको संविधानबमोजिम सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न नेपाली सेनाले कुनै कसर बाँकी राख्ने छैन ।”

पुर्खाले आर्जेको सुनौलो तथा गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सधैँ कटिबद्ध छौँ भन्दै परिवर्तित राज्य व्यवस्थालाई आत्मसात् गर्दै प्राप्त जिम्मेवारी वहन गर्ने क्रममा भूपू सैनिकले दिएको योगदानले नेपाली सेनाको विशिष्ट पहिचान स्थापित भएको बताउनुभयो ।

खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका भूपूहरु सहभागिता रहेको यो सम्मेलनमा भूपूमध्ये ९१ वर्षीय रत्नबहादुर कटुवाललाई प्रधानसेनापति क्षत्रीले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो । एक हजार ३२० भूपू सैनिकको उपस्थिति रहेको सम्मेलनमा एक हजार ३८ भूपू सैनिकको स्वास्थ्य परीक्षण गरिएको थियो । सम्मेलनका क्रममा अशक्तलाई ह्विल चेयर वितरण गर्नाका साथै लघुवित्त कार्यक्रम सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको थियो ।

समारोहमा बलाध्यक्षरथी हेमन्त मल्ल, अवकाशप्राप्त रथी फत्तेबहादुर लिम्बू, सैनिक कल्याणकारी कोषका कार्यकारी अधिकृत पद्मविलास कार्कीलगायतले जीवनको महत्वपूर्ण क्षण मुलुकको हितका खातिर खर्चेका भूपू सैनिकका जीवनस्तर उकास्नका लागि कोषबाट भइरहेका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सम्मेलनका क्रममा पूर्व पृतना मातहतका गणबाट ओखलढुंगा, खोटाङ, उदयपुर र सोलुखुम्बुको विविध सांस्कृतिक वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result