Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गोकुलेश्वर विमानस्थल चौबीस वर्षदेखि बन्द

फाल्गुन २७, २०७४ ११:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

दार्चुला, २७ फागुन / गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् ।

विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । उनीहरुले जसरी पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिँदैआएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा हरेर बसिरहेका छन् ।

दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू, प्रेमसिंह धामी, लक्ष्मीदत्त जोशी र गणेशसिंह ठगुन्नाले विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्चालन गर्ने भाषण गरे । मतदाताले उनीहरुलाई विश्वास गरे । विमानस्थल सञ्चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्चालनमा आएन ।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले टुइनेटर विमान अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरे । एउटा टोली अध्ययनका लागि आयो, तर विमानस्थल सञ्चालन भएन ।

रातिराति टिकट काटिन्थ्यो

त्यतिबेलाको शाही नेपाल वायु सेवा निगम (आरएनएसी)को टुइनेटर विमानले साप्ताहिक रुपमा यहाँबाट महेन्द्रनगर हुँदै नेपालगञ्जको उडान भर्दथ्यो । “सामान्य अवस्थामा कहिल्यै टिकट नपाइने हुँदा रातिराति लाइन बसेर टिकट लिनुपथ्र्याे,” गोकुलेश्वरका बासिन्दा मानबहादुर भण्डारीले भन्नुभयो ।

आरएनएसीसँग थप विमान नभएकाले त्यतिबेला दार्चुलाबाट उडान भर्ने विमान थप गर्न नसकिएको स्मरण गर्दै कार्यालय सहयोगी विष्ट निरन्तर विमान सञ्चालनमा रहेको भए दार्चुलावासीलाई देशका अन्य क्षेत्रसम्म आवागमन गर्न सजिलो हुने थियो भन्नुहुन्छ । विसं २०५० देखि विमान सञ्चालन बन्द भयो ।

विसं २०५५ मा दुईजना नायब सुब्बालाई कर्मचारीका रुपमा खटाइयो । नायब सुब्बा गणेश सिंह र भीमदत्त पन्तले २०६० सालसम्म यहाँ काम गर्नुभयो । पछि द्वन्द्वका कारण उनीहरुले अन्तै सरुवा मिलाए ।

पर्यटन र व्यापारमा घाटा

अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको जिल्लाको पर्यटन प्रबद्र्धन नहुनुको पछाडि विमानस्थल सञ्चालन नहुनु पहिलो कारण बनेको छ । कैलालीको धनगढीबाट ३४५ किलोमिटर सडक दूरी पार गरेर दार्चुला सदरमुकाम खलंगा पुगिन्छ । यात्रा निकै कष्टप्रद हुन्छ ।

विमानस्थल सञ्चालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, यहाँ आउने कर्मचारीलाई पनि सहज हुनेछ । कष्टप्रद यात्रा देखेर कर्मचारी, विकास साँझेदार र विज्ञहरु यहाँ आउन मान्दैनन् । “हवाई उडान शुरु भए यी सबै समस्या समाधान भएर जान्छन्,” सहायक वन अधिकृत अमरसिंह धामीले भन्नुभयो ।

टिकटका लागि राति लाइनमा लाग्नुपर्ने बेला सम्झिदै उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्ना अहिले त दिनमै दुई दुई विमानले उडान भर्न मिल्ने यात्रु पाउने अवस्था रहेको बताउनुहुन्छ । जडीबुटी व्यापार गर्न निकै सहज हुने उहाँको भनाइ छ ।

विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गर्न प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको उक्त विमानस्थल सञ्चालन गर्न दक्षिणतर्फ रहेका घर तथा चमेलिया नदीमाथि बनेको पुल बाधक देखाएको बताउँदै प्रशासकीय अधिकृत विष्ट उक्त समस्यालाई समाधान गर्न सकिने बताउनुहुन्छ ।रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result