Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्वास्थ्य चौकीको भवन निर्माण

फाल्गुन २९, २०७४ १०:३७ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, २९ फागुन /  रघुगंगा गाउँपालिका–२ भगवतीस्थित स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको रु एक करोड ३८ लाख २० हजार लगानीमा दुईतले १० कोठे भवन निर्माण गरेको हो । भवनको भुइँतलामा बिरामीको स्वास्थ्य परीक्षण, औषधि भण्डारण, प्रसूति, बिरामी उपचारस्थल, प्रशासनिकलगायत कक्ष रहेका छन् ।

पहिलो तलामा आवास सुविधाको लागि कोठा बनाइएको छ । ठेक्कामार्फत निर्माण सम्पन्न भएको सो भवन सोमबार एक समारोहका बीच स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नाना÷हरि जेभीले ठेक्का पाएको भवन लक्ष्यभन्दा दुई महिनाअघि निर्माण भएको हो ।

निर्माण व्यवसायी कृष्णकुमार शेरचनले डिभिजन प्रमुख प्रकाश अर्यालमार्फत जिल्ला समन्वय समितिका प्रमुखसमेत रहनुभएका भवन निर्माण समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीलाई भवन हस्तान्तरण गर्नुभयो ।

जिसस प्रमुख केसीले विकास निर्माणमा ढिलासुस्ती भइरहेको अवस्थामा भगवती स्वास्थ्य चौकी निर्धारित मितिभन्दा अघि नै सम्पन्न भएर सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले भवनमा फर्निचर र उपकरणको व्यवस्था गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो ।

भवन निर्माणका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनीभन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुभएको थियो । भवबहादुरले रु छ लाख ५० हजारमा तीन रोपनी, लोकबहादुरले रु एक लाख ३० हजारमा एक रोपनी र स्वास्थ्य चौकीको रु एक लाख लगानीमा जग्गा खरिद गरेको थियो ।

जीर्ण अवस्थामा रहेको वडा कार्यालयको भवनको दुईवटा कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई नयाँ भवन स्थानान्तरण गरिने वडाध्यक्ष रिम कटुवालले बताउनुभयो । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेगका बासिन्दाले सेवा लिँदै आएका छन् । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result