Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनताले महसुस गर्नेगरी ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

फाल्गुन २९, २०७४ १२:५६ मा प्रकाशित
जनताले महसुस गर्नेगरी ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

u[xdGqL /fdaxfb'/ yfkf d+unaf/ dGqfnodf ;DalGwt ;/sf/L clwsf/LnfO{ af]nfP/ pkTosfsf] 6«flkms Joj:yfkg / ;8s lgdf{0fsf] sfdnfO{ ltj|tf lbg lgb]{zg lbg'xF'b} Mtl:a/ ls/0f e§/fO{, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २९ फागुन / गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई आज गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन गृहमन्त्री थापाले निर्देशन दिनुभयो ।

उहाँले ट्राफिक व्यवस्थापन गर्न तीन महिना, छ महिना कति सयम लाग्छ सोहीअनुरुपको खाका बनाउन सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत्भार कटौतीमुक्त नेपाल घोषणा गरिएजस्तै ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउनुहोस् ।”

गृहमन्त्री थापाले सडक, पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टाचार र अनियमितता जोडिएको भन्दै त्यसको छानबिन हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक, पुल बनाउन ठेक्का लिने तर समयमै सम्पन्न नगर्नेलाई समेत कारबाहीको दायरामा ल्याउनुहोस् ।”

उहाँले यातायात क्षेत्रमा ‘सिण्डकेट’को दबदबा रहेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनताको अभिलाषा सुरक्षित यात्रा’ भन्ने नारासहित सडक दुर्घटनालाई न्यूनीकरण गर्ने अभियान शुरु गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सरकारी पदाधिकारीले सरकारी संयन्त्रबीच समन्वयको अभाव, ठेकेदारको लापरबाही, राजनीतिक हस्तक्षेप, जनशक्ति र आर्थिक अभावलगायतका कारणले ‘ट्राफिक जाम’ र सडक निर्माणमा ढिलाई भइरहेको जानकारी गराएका थिए ।

समन्वय समिति बनाइने

ट्राफिक व्यवस्थापन, सडक तथा पुल निर्माणमा भएका ढिलासुस्तीलगायतका विषयको नियमित समन्वय र अनुगमन गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा समन्वय समिति गठन गरिने भएको छ ।

सडकसँग जोडिएका क्षेत्रहरु महानगरपालिका, नगरपालिका, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग, सडक विभाग, ढल व्यवस्थापन गर्ने निकाय, दूरसञ्चार प्राधिकरणलगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिसमेत रहनेगरी यस्तो समिति गठन गर्ने प्रस्ताव आजको बैठकले गरेको हो ।

त्यसका लागि छिट्टै सबै सरोकारवाला निकायहरुलाई डाकेर अर्को बैठक बस्ने सहमति आजको छलफलमा भएको छ ।

जनताबाट ट्राफिक व्यवस्थापन र सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे आएका जनगुनासो सम्बोधन गर्न यस्तो समिति गठन गर्नुपर्ने आवश्यकता देखिएको गृहमन्त्री थापाले बताउनुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result