Wednesday, May 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी रक्षामन्त्री म्याटिस् काबूलमा

फाल्गुन २९, २०७४ २:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काबुल, २९ फागुन / अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको समाचार छ ।

तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल गर्नको लागि भन्दै म्याटिस् काबुल पुग्नुभएको समाचारमा जनाइएको छ ।

अफगान राष्ट्रपति असरफ घानीले तालिबान लडाकू समूहसँग शान्तिवार्ता गर्ने खुलाशा गर्नुभएको दुई हप्तापछि यस युद्धग्रस्त सहरमा म्याटिस् पुग्नुभएको हो ।

तर तालिबान लडाकू समूहले औपचारिक रुपमा यस शान्ति वार्ताको भने पुष्टि गरिसकेका छैनन् । रक्षामन्त्री म्याटिस्ले तालिबानका केही नेताहरुले वार्तामा बस्ने इच्छा देखाएका जानकारी दिनुभयो ।

म्याटिसकाअनुसार तालिबान लडाकू समूहका नेताहरु छलफलको लागि अभिरुची देखाएका छन्, तर यसै वार्तामा सबैजना भने नआउन सक्छन् ।

सवै तालिबान एकै पटक वार्तामा आउने सम्भावना नरहेको तर तालिबानको आशयबाट उनीहरु अफगान सरकारसँग वार्तागर्न इच्छुक भने रहेको म्याटिस्ले बताउनुभएको छ ।

अमेरिकी सैन्य एयरफोर्सको विशेष विमानबाट उहाँ काबुल पुग्नुभएको हो । उहाँको आगमनका कारण सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।

अन्ततः घानीको शान्ति सम्झौता योजनामा तालिबान लडाकू समूहलाई पनि राजनीतिक दलका समावेश गर्नेगरी सो वार्ता प्रक्रियालाई अघि बढाइएको छ ।

तालिबान आतङ्ककारी समूहले सुरुमा अमेरिकासँग मात्र सम्झौताको लागि तयार भएको जनाएको थियो । तर अहिले भने अफगान सरकारसँग पनि वार्तामा बस्ने संकेत गरेको बताइएको छ । (रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result