Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चलचित्र ‘कृ’ को गीतले आरजेको चर्चा चुलियो

चैत्र १, २०७४ ११:०३ मा प्रकाशित
चलचित्र ‘कृ’ को गीतले आरजेको चर्चा चुलियो

ldi6/ cf/h]sf] k|:t'tL s~rgk'/sf] ;f+uLlts sfo{qmddf laxLaf/ rnlrq …s[Úsf] …oltolt kfgL, u+uf /fgLÚ uLtdf k|:t'tL lbFb} ldi6/ cf/h] . t:jL/ M z]/axfb'/ l;+x, eLdbQgu/, /f;;

Share on FacebookShare on Twitter

भीमदत्तनगर, १ चैत /
म राजा बन्थे तिम्रो, तिमी मेरो रानी,
यतियति पानी, गंगा रानी,
बालुवाको महल हुन्थ्यो, ढुंगाको छोरा–छोरी
हामी जोडी भए, जिस्काउँथे मोरा–मोरी

साथीभाइ जम्मा पार्ने सधँै काम मेरै हुन्थ्यो,
तिम्रो हात पल्टाई हेरे नाम मेरै हुन्थ्यो,
सबले जिस्काउँदा नामले मेरो रुन्थ्यौँ जानी–जानी,
यति यति पानी गंगा रानी …

नेपाली सांगीतिक क्षेत्रमा चलचित्र ‘कृ’ को यो गीतले पाएको चर्चासँगै मिस्टर आरजे (राजेन्द्र भट्ट) पनि चर्चामा छन् । युट्युबमा ८७ लाखभन्दा बढी पटक हेरिएको चलचित्र ‘कृ’को यो गीतमा मिस्टर आरजेले शब्द, संगीतसँगै ¥याप दिएका थिए ।

गीतकै कारण पनि उक्त चलचित्र पछिल्लो समय बढी चर्चामा रहेपछि आरजेको समेत सांगीतिक क्षेत्रमा माग बढेको छ । योसँगै उहाँको एकाएक चर्चा चुलिएको छ ।

यसअघि पनि थुप्रै म्युजिक भिडियो र चलचित्रका धेरै गीतमा शब्द, संगीत र ¥याप दिइसक्नु भएका आरजे यतिबेला प्रदेश नं ७ मा भइरहेका विभिन्न मेला, महोत्सवमा माहोल तताइरहनुभएको छ ।

“यतियति पानी बोलको गीत यति धेरै चर्चामा आउला भन्ने सोचेको थिएन”, कञ्चनपुरको दोधारा–चादँनी घर भएका मिस्टर आरजेले भन्नुभयो, “मैले दोधारा–चाँदनीमा बिताएको बाल्यकाल सम्झेर गीत लेखेको हुँ ।”

प्रेम र द्वन्द्वमा आधारित चलचिल ‘कृ’मा उक्त गीत आउनुअघि बजारमा आएको ‘कम्मरको ट्याटुले’का कारण आरजे चर्चामा आइसक्नुभएको थियो । उक्त गीतमा ‘बाबा’को भूमिकामा देखिनुभएका आरजेलाई पछिल्लो समय दर्शकले ‘आरजेबाबा’ भनेर सम्बोधन गर्ने गरेका छन् । ‘कम्मरको ट्याटुले’ बोलको गीत युट्युबमा छोटो समयमै ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।

“छोटो समयमै युट्युब टे«न्डिङभित्र पर्ने यो पहिलो गीत हो”, आरजेले भन्नुभयो, “यो गीतले पनि राम्रै बजार पाएको छ ।”

‘कृ’को गीतपछि उहाँ पाँचवटा चलचित्रमा शब्द, संगीत र ¥यापका लागि अनुबन्धित भइसक्नुभएको छ । “म्युजिक भिडियोका लागि माग धेरै ठाउँबाट आएको छ,” आरजेले रासससित भन्नुभयो ।

विसं २०६७ देखि कलाकारिता क्षेत्रमा संलग्न हुनुभएका आरजेले केही समय महेन्द्रनगरमा रेडियो पत्रकारितासमेत गर्नुभएको थियो । काठमाडौँ बसाइ बनाएपछि ‘श्रीसंगीत पाठशाला’मा संगीतको ज्ञान आर्जन गर्न पुग्नुभएका आरजे अझै संगीत सिकिरहेको बताउनुहुन्छ ।

“भर्खरै १० वटा म्युजिक भिडियोको काम सकेर आए”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको मौलिक भाकालाई पनि आधुनिक लोक पपमा समेट्दा प्रदेश नं ७ मा मेरो बढी बोलावट हुन थाल्यो ।”

‘धौलीको ब्या’, ‘दारु सड्काउने’ ‘आमैले भन्थिन्, धाराको पानी’ लगायतका गीतमा डोटेली भाषालाई ¥याप बनाएर पस्किएका कारण गीत बढी चर्चामा आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “युवापुस्ताले आरजेलाई हरेक गीतसंगीतमा खोज्न थालेका छन् ।”

गिती एल्बम ‘राश’मा शब्द संगीत दिएर यस क्षेत्रमा प्रवेश गर्नुभएका आरजे गुगल र युट्युबमा हेर्दै ¥याप सिकेको बताउनुहुन्छ । “पहिलेकोे ¥यापमा नाच्न सकिने खालका धेरै कम गीत थिए,” उहाँले भन्नुभयो, “नाच्न सक्ने टे«ण्डका ¥याप गीत हामीले नै बजारमा पस्केका हौँ ।”

नेपाली सांगीतिक क्षेत्रमा चल्तीका अधिकांश कलाकारसित काम गरिसक्नुभएका आरजे अनुबन्धित पाँचवटा चलचित्रको काम सकेर अझै नौलो सांगीतिक प्रस्तुति बजारमा ल्याउने तयारीमा हुनुहुन्छ । हालसम्म देशभरका करीब दुई हजार ५०० भन्दा बढी मेला÷महोत्सवमा स्टेज कार्यक्रम गरिसक्नुभएका आरजे जनचाहनाअनुसार गीत बनाउँदै जाने बताउनुहुन्छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result