Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

चैत्र २, २०७४ ३:०२ मा प्रकाशित
Share on FacebookShare on Twitter

मस्को, २ चैत /  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र मतदान गर्नु । रुसमा आगामी आइतबार राष्ट्रपतीय निर्वाचन हुदैछ ।

रुसमा आगामी आइतबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पनि उम्मेदवार हुनुभएको छ । उहाँसहित उक्त निर्वाचनमा अरु सातजना उम्मेदवार रहेका छन् ।

मतदाताहरुलाई शुक्रबार गर्नुभएको एक विशेष सम्बोधनका क्रममा उहाँले भन्नुभयो– प्रिय रुसी नागरिकहरु, म रुसको राष्ट्रपतिको हैसियतले यो आग्रह गर्दछु कि तपाइहरु आगामी आइतबार निर्वाचन केन्द्रमा जानुस र हाम्रो प्यारो देश रुसको भविश्य निर्माणका लागि मतदान गर्नुहोस् ।

उहाँले समग्र रुसी नागरिकलाई निर्धक्क एवम् सुरक्षित मनले मतदान गर्न पनि सोही सम्बोधनका क्रममा आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

रुसको संविधानले शक्तिको स्रोत जनतालाई नै मानेको छ भन्दै रुस, यहाँका बालबालिका र सबै नागरिकको भविश्य पनि उनीहरुको इच्छाशक्तिमा नै भरपर्दछ भन्नुभयो ।

देशको आर्थिक विकास ठूलो उपलब्धि

यसैबीच अर्काे एक सम्बोधनका क्रममा उहाँले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास विगतका वर्षहरुको तुलनामा लगभग दोब्बर भएको दाबी गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि पनि देशको आर्थिक विकास नै हो भन्नुभएको प्राप्त सो समाचारमा जनाइएको छ ।

राष्ट्रपति पुटिनले भन्नुभयो– देशको ठूलो उपलब्धि भनेको यस अवधिमा देशको अर्थतन्त्रमा वृद्धि गर्नु पनि हो र यसलाई रुसी जनताले प्रत्यक्ष अनूभूति गरेका छन् भन्ने हामीले ठानेका छौँ ।

रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको छ, यो गएका केही वर्षयताको नै एक ठूलो उपलब्धि हो– उहाँले बताउनुभयो ।

यही आर्थिक वृद्धिका कारण नै रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्यामा पनि कमी आएको दाबी उहाँले गर्नुभयो । देशमा उल्लेखनीय रुपमा आर्थिक विकास भएको महसुश रुसी नागरिकले पनि गरेका छन्– उहाँले भन्नुभयो ।

रुसको सरकारले देशमा गरिबी कम गर्नका लागि गरिब र धनीबीचको अन्तर पनि घटाउने काममा सरकार लागिपरेको सो सम्बोधनका क्रममा उहाँले बताउनुभएको छ ।(रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result