Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेश १ : महिला भेलाबाट समान ज्याला माग

चैत्र ३, २०७४ ३:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

विराटनगर, ३ चैत/ ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मूल नाराका साथ क्षेत्र नं १ को महिला मञ्च भेला शुक्रबार सम्पन्न भई समान कामको समान ज्यालाको कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

भेला संयोजक मंजिता उपाध्यायले यहाँ शुक्रबकार आयोजित पत्रकार सम्मेलनमा महिलाको समानुपातिक, समावेशी संलग्नतासहितको निर्णायक नेतृत्व अभ्यास, हानिकारक प्रथालाई अपराध अन्त्य गर्ने कानूनको निर्माण, घरेलु श्रमलाई उत्पादनमूलक कामका रुपमा ग्रहण जस्ता बुँदा घोषणापत्रमा समेटिएको बताउनुभयो ।
यसैगरी स्थानीय तहमा रोजगारीको व्यवस्था, यौन प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि आवश्यक नीतिनिर्माण, नागरिकको आधारभूत अधिकार पूर्ण कार्यान्वयन, अपांग, दलित, जनजाति, मुसलमान, मधेशी, यौनिक तथा लैंगिक अल्पसंख्यक, एचआइभी संक्रमित, बेचबिखन, द्वन्द्व र हिंसा प्रभावित, एकल आमा एवं विधवालाई राज्यको हरेक संरचनामा विशेष व्यवस्था हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै नागरिकतामा महिलाको समान अधिकार, महिला मानवाधिकार रक्षकको संरक्षणको प्रत्याभूति, जोखिमपूर्ण र मनोरञ्जनलगायत क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व एवं सहकार्य गर्ने प्रतिबद्धता, जोखिममा रहेका महिला, बालबालिका, अशक्त, अपांगता, ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था र सुकुम्बासी पहिचान र बासको अधिकार सुनिश्चित गर्नुपर्ने माग घोषाणापत्रमा गरिएको छ ।

गत फागुन ३० गतेदेखि चैत २ गतेसम्म आयोजित भेलामा प्रदेश नं १ का १४ जिल्लाका महानगर, उपमहानगर र नगरपालिकाका ६० महिला उपप्रमुख, विभिन्न जिल्लाका निर्वाचित महिला प्रतिनिधि, महिला अधिकारवादी संघसंस्थाका प्रतिनिधि गरी ६०० जनाको सहभागिता थियो । यसअघि प्रदेश नं २ र ३ मा मञ्च भेला सम्पन्न भइसकेको महिला अधिकार सञ्जालकी संजिता तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result