काठमाडौं । अमेरिकाबाट स्रोत नखुलेको पैसा नेपाल ल्याएको आरोप लागेका व्यवसायी पृथ्वी शाहलई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
उनीसँगै पक्राउ पर्नेहरुमा उनीसहित विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रूपमाङ्गत काफ्ले र रंगबहादुर साउँद रहेको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदी जानकारी दिए ।
शाहमाथि अमेरिकाबाट स्रोत नखुलेको सम्पत्ति नेपाल ल्याएको आरोप लागेको छ । अमेरिकाको सम्पत्ति शुद्धीकरण निवारणमा काम गर्ने संस्था फिन्सेनले नेपालमा शाहले भित्र्याएको पैसाबारे अनुसन्धान गर्न अनुरोध गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-