काठमाडौं । आइतबार र सोमबार बन्द रहेको शेयर कारोबार मंगलबार दोहोरो अंकले बढेको छ। आज नेप्से ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको छ। आज २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कम्पनीको ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँमा खरिदबिक्री भयो। ६३ हजार ४३० पटक कारोबार भयो।
कारोबार रकमका आधारमा अपी पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँको सेयर कारोबार भयो।
अपर तामाकोशी हाइड्रो पावरको ११ करोड र नगदी ग्रुपको १० करोड बढी मूल्यको सेयर किनबेच भयो।
१२ समूहको सूचक बढ्दा बैंकिङ उपसमूहको भने ०।३२ प्रतिशतले ओरालो लाग्यो। यसदिन प्रभु सेलेक्ट फन्डको सेयर मूल्य ८।४५ प्रतिशतले घट्यो।
प्रतिक्रिया लेख्नुहोस्:-