काठमाडौं । साताको कारोबार भएको दोस्रो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । बजार घटेसँगै परिसूचक २१७३.१० अंकमा झरेको छ।
बजार घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढोत्तरी भएको छ। आज २४८ कम्पनीको ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको एक करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर ६९ हजार ६३७ पटकमा खरिद बिक्री भएको छ। मंगलबार नेप्सेमा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
यस्तै सामान्य अंकले बजार घट्दा ८० कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-