Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नायिका बर्षा राउत दिनभर गाई गोठमा,  रिलका गोपी र रियलका गोपी बीच जम्काभेट

माघ ६, २०७५ ५:२५ मा प्रकाशित
नायिका बर्षा राउत दिनभर गाई गोठमा,  रिलका गोपी र रियलका गोपी बीच जम्काभेट
Share on FacebookShare on Twitter

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।

२०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले फिल्मको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महसुस भएपछि फिल्मको टिमसँग भेट्न मन लागेको बताए ।

‘ छोरा भाइले पहिला फिल्मको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि केहो भन्ने भयो । पछि ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा फिल्म बनाएछन् भन्ने लाग्यो । आज उहाँहरुसँग भेटेर उहाँहरुको कुरा सुनेपछि त झनै आफ्नै कथामा फिल्म बनेको रहेछ जस्तो लागेको छ,’ गोपीले भने, ‘ मैले त आजसम्म हल टेकेको छैन । पहिलो चोटि आफ्नै नाम र कथामा बनेको फिल्म हेरिन्छ ।’


अभिनेता बिपिन कार्कीले ‘गोपी’को सुटिङको सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटेका छन् जसले फिल्मको कथा मेरै जस्तो जस्तो लाग्यो भन्ने गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि त यस्तो प्रतिक्रिया दिने बाक्लै छन् । ‘तर, उहाँको त नाम मात्र हैन, गाई पाल्ने कथा पनि फिल्मको जस्तै रहेछ । संर्घष पनि फिल्मको जस्तै लाग्यो ,’ बिपिनले भने, ‘ तर, यो फिल्मको विशेषता नै यही हो फिल्म हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महसुस गर्नुहुन्छ ।’

बिपिनले गोपीको ढकाल गाईफर्मको अवलोकन गर्दै फिल्मले उहाँहरु जस्ता कृषकलाई हौसला दिने बताएका थिए भने ढकालले आफ्नो फार्ममा सयभन्दा बढी गाई रहेको र दिनको ८ सय लिटर दुध उत्पादन गर्ने जानकारी गराएका थिए ।

फिल्मको प्रचारका लागि चितवन आइपुगेको ‘गोपी’को टिममा बिपिनबाहेक वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् । शनिबार नै पत्रकारसँग अन्तक्र्रियासमेत गरेको टिमले फिल्मले देशमै केही सकिने सम्भावनालाई फिल्मले प्रस्तुतिको माध्यम बनाएको जानकारी गराएको थियो ।

अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको फिल्मले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । ‘ हाम्रो पहिलो उद्देश्य मनोरञ्जन दिनु नै हो । तर, यो फिल्मले आफ्नै विषय र शैलीमा यसलाई पस्कने जमर्को गरेको छ,‘उनले भनिन्, ‘फिल्मले नेपालमा केही गरिरहेकालाई त हौसला दिन्छ नै नगरेकालाई पनि केही गर्न आँट दिन्छ ।’


माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा बिपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result