Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राष्ट्रपतिको पत्र उत्तर कोरियाली नेता किमलाई

माघ १०, २०७५ १२:४६ मा प्रकाशित
उत्तर कोरियाली उच्च सैन्य अधिकारी अमेरिकामा 

फाइल तस्वीर

Share on FacebookShare on Twitter

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ ।  उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ ।

साथै यस विषयमा बिहीबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले पनि जानकारी गराएका छन् । यसअघि करिब हप्तादिन अघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाउनुभएको समाचार आएको थियो ।

उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिनुभएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ ।  ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डसर््लाई उद्धृत गर्दै उक्त टिभीले जनाएको छ– राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेख्नुभएको छ ।

बिहीबार उत्तर कोरियाली सरकारी समाचार समिति, केसिएनएले उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र हात पार्नुभएको जनाएको छ । उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल, वर्कर्स् पार्टीका उपाध्यक्ष किम योङ चोलले दिनुभएको सो समाचारमा जनाइएको छ ।

चोल हालै अमेरिकाको भ्रमणमा जानुभएको थियो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गर्नुभएको थियो ।  किमले उक्त पत्र प्राप्त गरेर सन्तुष्टि प्राप्त गरेको जानकारी पनि उत्तर कोरियाली समाचार समिति केसिएनएले जानकारी दिएको छ ।

उक्त समाचार समितिले समाचारमा भनेको छ– उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त गरेपछि खुसी हुनुभएको छ, उहाँहरुबीच यो महिनामा कैयौँ पत्रहरु आदानप्रदान भएका छन् ।

गत शुक्रबार मात्र पनि उत्तर कोरियाली सत्तारुढ दलका उपाध्यक्ष चोलले अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमका तर्फबाट पत्र हस्तान्तरण गर्नुभएको थियो । सोही पत्रको जवाफमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमलाई यो पत्र प्रेषित गर्नुभएको कोरियाली सञ्चारले जनाएका छन् ।

उत्तर कोरियाली नोता किमले गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको बताइएको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । उत्तर कोरियाली नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाउनुभएको थियो । सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका थिए ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।

उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन । उक्त बैठक आगामी फेब्रुअरीको अन्त्यमा हुने भएको समाचार हालैमात्र आएको छ । दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ । तर यस विषयको अन्तिम टुंगो भने लागेको छैन ।

 (रासस÷सिन्ह्वा)
फाइल फाेटाे

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result