Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी सिनेटमा सहमति जुटेन, सङ्घीय कार्यालयहरु आंशिक यथावत्

माघ ११, २०७५ ३:२८ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

वासिङ्टन ।  अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी सङ्घीय कार्यालयहरुको आंशिक बन्द खुलाउन असफल भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर बजेट पारित गर्न अमेरिकी कङ्ग्रेस समक्ष अनुरोध गर्नुभएको छ । तर, राष्ट्रपतिको प्रस्तावलाई डेमोक्र्याट पार्टीले अस्वीकार गरेसँगै विवाद जारी छ ।

रिपब्लीकन पार्टीको झिनो बहुमत रहेको सिनेटमा समेत सहमति नजुटेपछि राष्ट्रपति ट्रम्पले सीमा सुरक्षालाई ध्यान दिएर पुनः “उपयुक्त” प्रस्ताव ल्याउने सङ्केत गर्नुभएको छ ।

कङ्ग्रेस र राष्ट्रपतिको यस लडाइँका कारण हजारौं सङ्घीय कर्मचारीले दोस्रो तलब भुक्तानी प्राप्त गर्ने सम्भावना पनि टर्न लागेको छ । यसअघि नै आठ लाखभन्दा बढी सङ्घीय कर्मचारीलाई बेतलबी विदा दिइएको छ वा काम गरिरहेकाहरुले तलब पाउन सकेका छैनन् ।

सीमामा पर्खाल निर्माण गरेरै छाड्ने भनी प्रतिष्ठाको विषय बनाउनुभएका राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्र्याट पार्टीका कारण आफूहरु समस्यामा परेको भन्दै कर्मचारीहरुले दिनहुँ जुलुस निकाल्न थालेका छन् ।

सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेल र डेमोक्र्याट नेता चक सुमरले राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रपति अझै पनि पर्खाल निर्माणका लागि बजेट नभई नहुने अडानमा यथावत् रहेको जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले दुबै नेतासँगको छलफलमा भन्नुभयो, “यस मुलुकमा पर्खालको विकल्पै छैन ।”

एकसय सदस्यीय अमेरिकी सिनेटबाट बजेट पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्दछ । विपक्षी डेमोक्र्याट पार्टीको समर्थन बेगर यस्तो बजेट पारित हुने सम्भावना छैन । उता, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि रिपब्लीकन पार्टी अल्पमतमा छ ।

(रासस/एएफपी)
—

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result