काठमाडौं । विशेष अदालतले भ्रष्टाचारमा मुछिएका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो ।
२०८० असोज १५ मा सुनील पौडेललगायत व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो भने २०८० वैशाखमा विकल पौडेललगायत विरुद्ध करिब ७० करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-