Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन  बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे

माघ १३, २०७५ २:३१ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

न्यूयोर्क ।  संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल अफाप रहेको सङ्केत जनाउने गरी यी दुबै सञ्चार संस्थाको आर्थिक स्थिति सकङ्टपूर्ण बन्दै गएको छ ।

बजफीडले १४ महिनाभित्रै दोस्रो पटक कर्मचारी कटौती गरेको हो । बजफीडले दोस्रो पटक २०० कर्मचारी हटाउन आन्तरिक सूचना जारी गरेको छ । पहिलो पटक कम्पनीले १०० जना कर्मचारी हटाएको थियो । यो समाचार संस्थामा एक हजार ७०० कर्मचारी कार्यरत थिए ।

हफपोस्टमा पनि सम्पादकीय विभागमा कार्यरत करिब १० प्रतिशत पत्रकार कटौती गरेको छ । हफपोस्टले पत्रकार कटौतीका बारेमा स्पष्ट गरेको छैन ।

हफपोस्टको संस्थापक कम्पनी भेरिजोन मिडिया आफैँले पनि आफ्ना अरु कम्पनीबाट कर्मचारी हटाउँदैछ । भेरिजोनले हाल एओएल, याहू र भेरिजोन मिडिया सर्भिसेज सञ्चालन गरिरहेको छ ।

“ठूलो संख्याका पाठक, श्रोतालाई आफूतिर आकर्षित गर्ने र विज्ञापनको ठूलो हिस्सा ओगट्ने मनसायबाट यी सञ्चार माध्यमहरु स्थापना गरिएको थियो,” पोइन्टर इन्स्टिच्यूटका मिडिया विश्लेषक रिक एडमन्डले बताउनुभयो । “तर, गूगल र फेसबुकले बजारमा अनपेक्षित सफलता प्राप्त गरे । यी दुई संस्था सूचना सङ्कलनमा अग्रणी देखिए र ठूलो संख्यामा पाठक, श्रोतालाई पनि आकर्षित गरे ।”

इमार्केटियरको प्रक्षेपण अनुसार, गूगल र फेसबुकले सन् २०१८ को कूल इन्टरनेट विज्ञापनको करिब ५८ प्रतिशत हिस्सा ओगटेका थिए । सन् २०११ मा यी दुईले करिब ४६ प्रतिशत बजार ओगटेका थिए । अर्को ठूलो कम्पनी अमेजनले आफूलाई तेस्रो नम्बरमा उभ्याएको छ ।

“निःशुल्क, विज्ञापन–आधारित मोडेल अपनाउने डिजिटल मिडिया अहिले सङ्कटमा पर्न थालेका छन्,” नर्थइस्टर्न युनिभर्सिटीमा पत्रकारिताका प्राध्यापक ड्यान केनेडीले बताउनुभयो ।

तर, केनेडीको विचारमा बजफीड र हफपोस्ट दुबै बजारबाट विलुप्त हुने सम्भावना छैन ।

बजफीडका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक जोनाह पेरेटीले आर्थिक सङ्कट उत्पन्न भए अरु संस्थासँग गाभिन सक्ने बताउनुभयो । उहाँ हफपोस्टको सहसंस्थापक पनि हुनुहुन्छ ।

उहाँले सार्वजनिक रुपमै भाइस, भक्स, रिफाइनरी२९ र ग्रुप नाइनलाई गाभ्न सकिने बताउनुएको छ । यी सबै इन्टरनेट आधारित सञ्चार माध्यम हुन् । यी सञ्चार माध्यमले भिडियो सेवा पनि सञ्चालन गरिरहेका छन्, तर विगत १८ महिनाभित्रै यिनीहरुले पनि कर्मचारी कटौती गरेका छन् ।

(रासस/एएफपी)

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result