पल पल मरेर बाँच्नु भन्दा
बाँचेर मर्नु राम्रो
आत्मसम्मानलाई सँधै उच्च राख्दै
जिउने इच्छा हाम्रो ।
लिएर हैन दिएर देखाऔं
यो धरती हो हाम्रो स्वर्ग
त्यागेर काम क्रोध लोभ मोह
सत्कर्मलाई आत्मसात गरौं
हामीलाई राष्ट्रले के दियो भन्दा पनि
सोचौँ हामीले राष्ट्रलाई के दियौँ ?
यो सत्यलाई आत्मबोध गरेर
निर्माणको मार्गमा हिँडौँ ।
सर्वे भवन्तु सुखिन भन्दै
वसुदेव कुटुम्बको भावनाले ओतप्रोत हुँदै
मिलेर लागौँ मानवताको मार्गमा
यही हाम्रो मूल मन्त्रलाई आत्मसागत गर्दै ।
-रीतादेवी प्रधान जोशी रुमाठ






प्रतिक्रिया लेख्नुहोस्:-