Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रुस र चिनकाे आणविक कार्यक्रम पारदर्शी नभएकाे अमेरिकाकाे  आराेप,  आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी

माघ १६, २०७५ १२:४८ मा प्रकाशित
चीनद्वारा ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि
Share on FacebookShare on Twitter

बेइजिङ ।    अमेरिकाले रुस र चीनलाई आफ्नो आणविक कार्यक्रमलाई बढी पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ । अमेरिकी ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई पूर्ण पालना नगर्ने हो भने आफूहरु पनि आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ ।

आणविक निःशस्त्रीकरण तथा परमाणु अप्रसारसम्बन्धी वार्तामा सहभागी हुन बेइजिङ आएका एकजना अमेरिकी वरिष्ट अधिकारीले उक्त धारणा सार्वजनिक गर्नुभएको हो । राष्ट्रसङ्घीय सुरक्षा परिषदका सबै पाँच स्थायी सदस्य राष्ट्रसँग आणविक हातहतियार रहेको छ ।

अमेरिकी हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी उपमन्त्री आन्द्रे थम्पसनले आणविक अप्रसार सन्धीमा रहेका व्यवस्थाको कार्यान्वयनमा पारदर्शिताको अभाव हुन थालेको बताउनुभयो ।

“हामीले विगतमा रिपोर्टिङको एउटा ढाँचामा सहमति जनाएका थियौं, तर संयुक्तराज्य अमेरिका र रुस एवं चीनको रिपोर्टबीच ठूलो अन्तर देखिएको छ,” थम्पसनले बताउनुभयो ।

“पारदर्शिता अभिवृद्धि गर्नेतर्फ अमेरिका पूर्ण प्रतिबद्ध छ, र सन्धिमा हस्ताक्षर गर्ने सबै मुलुकले यसमा सहयोग गर्नु आवश्यक छ,” थम्पसनले बेइजिङ बैठकमा सम्बोधन गर्दै भन्नुभयो ।

अमेरिका सहित उक्त बैठकमा रुस, चीन, फ्रान्स र बेलायतका अधिकारीहरु सहभागी छन् । यी मुलुकले आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षर गरेका छन् । उक्त बैठक बिहीबारसम्म चल्नेछ ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखाइल गोर्बाचोभले सन् १९८७ मा हस्ताक्षर गर्नुभएको मध्यमस्तरीय आणविक बल सन्धि (आइएनएफ) को विषयलाई लिएर मस्को र वासिङ्टनबीच महिनौंदेखि तनाब जारी छ । उक्त तनाबलाई मध्यनजर गरी वार्ता हुन लागेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९८७ को सम्झौताबाट बाहिरिने बताउनुभएको छ भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा आणविक हतियारको नयाँ दौड शुरु हुने चेतावनी दिनुभएको छ । उहाँले आणविक हतियार उत्पादनको नयाँ दौड शुरु भएमा त्यसबाट सबैभन्दा बढी पीडित युरोप हुने बताउनुभएको छ ।

यसै महिनाको शुरुमा दुबै देशका वरिष्ट कूटनीतिज्ञहरुबीच जेनेभामा भएको वार्ता आइएनएफ सन्धिको विषयमा मतान्तर भएपछि स्थगित भएको थियो । तर अमेरिकाले आइएनएफ सन्धिलाई जीवित राख्ने हो भने रुसले प्रमाणयोग्य तरिकाबाट आफूसँग रहेका क्षेप्यास्त्र प्रणाली नष्ट गर्नुपर्ने बताएको छ ।

गत साता, रुसले आइएनएफ सन्धिलाई पूर्ण पालना गरेको देखाउन विदेशी कुटनीतिक अधिकारीहरु समक्ष आफ्नो क्षेप्यास्त्र प्रणाली सार्वजनिक गरेको थियो ।

बेइजिङ बैठकमा सहभागी रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले राजनीतिक इच्छाशक्तिको अभावमा धेरै विषयहरु सुल्झिन नसकेको बताउनुभयो ।
(रासस/एएफपी)

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result