Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ताइवान विमानस्थलमा १ सय २५ दिनसम्म अलपत्र परेका चिनीयालाई अस्थायी भिसा

माघ १७, २०७५ ११:३२ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

ताइपेइ ।  ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनीया नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ ।

ताइवानको ताओयुन विमानस्थलको प्रतीक्षास्थलमा अलपत्र परेकाहरुमा ६४ वर्षीय लिउ झिङलियान र ४४ वर्षीय यान केफेन रहेका छन् । उनीरु दुबै चीनका मानव अधिकार अभियन्ता रहेको बताइएको छ । उनीहरु गत वर्ष सेप्टेम्बरमा थाइल्यान्डको बैंककबाट ताइवान आइपुगेका थिए ।

राजनीतिक कारणबाट उनीहरु चीनबाट भागेको बताइएको छ । थाइल्यान्डमा रहँदा उनीहरुले राष्ट्रसङ्घ मार्फत शरणार्थीको मान्यता पाएका थिए । तर थाइल्यान्डमा प्रहरीले पटकपटक उनीहरुसँग सोधपुछ गर्ने गरेको तथा कतिपय अवस्थामा त्यस्ता व्यक्तिलाई चीन फर्काइदिने गरेका कारण आफूहरु थाइल्यान्ड छाडेर ताइवान आइपुगेको उनीहरुले बताएका छन् ।

ताइवानका अध्यागमन अधिकारीहरुले दुबैलाई ताइवान प्रवेश गर्न अनुमति दिएको थिएन । ताइवानको लोकतान्त्रिक सरकारले उनीहरुलाई चीन नै फर्काउन आनकानी गरिरहेको अवस्थामा अन्ततः मानवीय दृष्टिबाट अस्थायी अनुमती दिएको छ । उनीहरु दुबैले क्यानाडामा शरणार्थी हुन पनि आवेदन दिएका छन् ।

लिउ र यानले आफूहरुलाई शरण दिएकामा ताइवान सरकारप्रति आभार व्यक्त गरेका छन् । तर उनीहरुले चीनका कारण ताइवानमाथि कुनै किसिमको समस्या निम्त्याउन नचाहेको पनि बताएका छन् ।
(रासस/एएफपी)

सम्बन्धित समाचार

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result