Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा

माघ २२, २०७५ १२:०९ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

वासिङ्टन । उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता कीम जङ–उनबीच यसै महिना दोस्रो शिखर बैठक हुने सम्भावना छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विशेषदूत बाइगन बुधबार सियोल हुँदै उत्तर कोरिया प्रस्थान गर्नुहुनेछ । उहाँले प्योङयाङमा उत्तर कोरियाली नवनियुक्त समकक्षी कीम ह्योक–चोनसँग भेटवार्ता गर्नुहुनेछ । नवनियुक्त कीम यसअघि उत्तर कोरियाका लागि स्पेनको राजदूत हुनुहुन्थ्यो ।

दुबैबीच राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको दोस्रो शिखर बैठकका बारेमा छलफल गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । दुई कुटनीतिक व्यक्तित्वबीच गत वर्ष जुनमा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच भएका सहमतिहरुको कार्यान्वयन प्रगतिका बारेमा पनि छलफल हुनेछ ।

विदेश मन्त्रालयको वक्तव्यमा दुबै शीर्ष नेतृत्वबीच भएको उत्तर कोरियामा पूर्ण आणविक निःशस्त्रीकरण गर्ने, द्विपक्षीय सम्बन्धलाई रुपान्तरण गर्ने तथा कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्ने विषयलाई अमेरिकाले उच्च महत्व दिएको उल्लेख छ । बाइगन दक्षिण कोरियाली अधिकारीहरुसँग छलफल गर्न आइतबार सियोल पुग्नुभएको थियो ।

आगामी दोस्रो शिखर बैठकमा उत्तर कोरियाको आणविक अस्त्र एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पूर्ण रुपमा बन्द गर्नेबारेमा ठोस सहमति हुने दुबै पक्षले अपेक्षा गरेका छन् । यद्यपी, दोस्रो शिखर बैठकको स्थान र मिति भने सार्वजनिक गरिएको छैन, तर भियतनामले दा नाङ वा हनोईमा शिखर बैठक गर्नेबारेमा प्रस्ताव गरेको छ ।

(रासस/योनहाप)
––

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result