Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकाेमा पोखरा उद्योग वाणिज्य सङ्घकाे आपत्ति 

माघ २३, २०७५ २:३७ मा प्रकाशित
Share on FacebookShare on Twitter

चिप्लेढुङ्गा ।  पोखरा उद्योग वाणिज्य सङ्घले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति जनाएका छन् । सङ्घले आज विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो सङ्संस्थासँग सहकार्य गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सङ्घद्वारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्याधिक वृद्धिले उद्योग÷व्यवसायमा लागत वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग व्यवसायबाट हातै धुनुपर्ने स्थिति सिर्जना भएको उल्लेख गरिएको छ ।

“ऋणको ब्याजमा वृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ”, सङ्घका अध्यक्ष दामु अधिकारीद्वरा जारी विज्ञप्तिमा भनिएको छ “ब्याजदर वृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्थासमेत आएको छ । ” व्यापार÷व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुश्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सिर्जना हुनु अर्थतन्त्रका लागि गम्भीर विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा भएको समस्याबारे अन्तरक्रियासमेत आयोजना गरेको थियो । कार्यक्रममा व्यवसायीले ब्याजदर बढ्दा व्यवसाय गर्न कठिन छ भन्दै ब्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए ।

पर्यटन व्यवसायीको आपत्ति 

होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थिर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सङ्घको एक टोली राष्ट्र बैंक पोखरा शाखा पुगेको थियो । शाखा प्रमुख निर्देशक पोमनाथ गौतममार्फत सङ्घले बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललाई ज्ञापनपत्र बुझाउँदै विद्यमान अवस्थामा बैंकको स्प्रेड दर पनि अत्याधिक छ भन्दै न्यूनतम तीन प्रतिशत कायम गर्न अनुरोध गरेको थियो ।

(रासस)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result