स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
फेब्रुअरी ५
दरवार इभेण्टस् र एसबाबु प्रोडक्सनको आयोजनामा आगामी आइतवार बर्कलीमा ‘अव हाँस्छ बे एरिया ‘नामक हास्य कार्यक्रम हुने भएको छ । नेपालका ८ चर्चित हास्यकलाकार फेब्रुअरी ११ मा बर्कली अडल्ट स्कुलको अडिटोरियम हलमा हसाउनका निमित्त उपस्थीत हुनेछन ।
कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्री र नेपालको प्रसिद्ध रियलिटी सो कमेडी च्याम्पियनका बिजेता कलाकारहरु भरतमणी पौडेल, सुमन कार्की, कैलाश कार्की, विष्णुप्रसाद गौडेल, सजन श्रेष्ठ, सन्तोष थापा र सुमन कोइरालाले बेहद मनोरन्जनले भरिपूर्ण हास्य प्रस्तुती दिने आयोजक पवन पौडेलले जानकारी दिएका छन् ।
‘अब हाँस्छ अमेरिका’ नाम दिइएको झण्डै एक महिना लामो कमेडीयात्रा रहेका हास्य कलाकारको टोलीले बे एरियामा गरिने कार्यक्रमलाई ‘अब हाँस्छ बे एरिया’ नाम दिइएको छ ।
‘नेपालका चर्चित हास्यकलाकारहरु एउटै मन्चमा त्यो पनि ८ जनाले पुरै अमेरिकामा प्रस्तुती दिनु नेपाली दर्शकहरुको लागि यो अवसर हो, -पवनले भने । कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै उनले भने,-‘यत्तिका हास्य कलाकारलाई एउटै मन्चमा देखेर हास्ने कार्यक्रम हेर्न पाउनु अवसर पनि हो’ । कार्यक्रमको अनलाइन टिकट www.dhakatopi.store मा गएर किन्न सकिने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-