काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भोलि विश्वासको मत लिन गइरहेका बेला सो पार्टीले पुनः आफ्नो मुद्दाबारेको अडान अगाडि सारेको हो
सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिनेबारे मंगलबार डिल्लीबजार कारागारमा सो पार्टीको बैठक डाँकिएको थियो । सो बैठकबाट पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर राजबन्दी र प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत नदिने निर्णय गरेको हो ।






प्रतिक्रिया लेख्नुहोस्:-