Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दक्षिण कोरियाद्वारा अमेरिकी सेनाको तलब वृद्धिको घोषणा

माघ २७, २०७५ १:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

सोल, दक्षिण कोरिया । दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ ।  लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त निर्णय लिएको हो ।

दक्षिण कोरियाले सेनाको खर्चबारे अमेरिकासँगको विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उनबीच दोस्रो वार्ता हुने मिति तय भएको केही घण्टाभित्रै अन्तिमरूप दिएको हो ।

सन् १९५० देखि सन् १९५३ सम्म चलेको कोरियाली युद्धका समयदेखि नै अमेरिका र दक्षिण कोरियाबीच सुरक्षा गठबन्धन रहँदै आएको छ । कोरियाली प्रायदीपमा भएको तनाव कम गर्न युद्धविराम गरिएपनि शान्तिवार्ता हुन सकेको छैन ।

दक्षिण कोरियामा प्योङयाङको तर्फबाट सुरक्षा खतरा भएको भन्दै २८ हजारभन्दा बढी अमेरिकी फौज तैनाद छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले पटक पटक अमेरिकी सुरक्षा फौजलाई दक्षिण कोरियामा राख्दा हुने खर्चमध्ये सोलले हालको खर्चलाई डबल बनाउनुपर्ने बताइदै आएको थियो ।

वासिङटन र सोलका प्रतिनिधिबीचको सहमति अनुसार अघिल्लो पाँच बर्षका लागि गरिएको सम्झौताभन्दा ८.२ प्रतिशत बढी रकम दिइने छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले सन् २०१९ मा अमेरिकी सेनाको व्यवस्थापनका लागि ९२ करोड ४० लाख अमेरिकी डलर बुझाउने सहमति भएको बताएको छ ।

मन्त्रालयका अनुसार अमेरिकाले कोरियाली भूमिमा रहेको उसको सेना व्यवस्थापनका लागि ठूलो मात्रामा बजेट वृद्धिका लागि माग गरेको भएपनि दुई मुलुकबीच उक्त रकम भूक्तानीको सहमति भएको हो । सहमतिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “दुबै मुलुकले दक्षिण कोरिया–अमेरिकाबीचको मजबुत सहकार्य रहिरहनुपर्नेमा पुनः जोड दिएका छन् ।”

खर्चको विवादले अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी फौज फिर्ता गर्नसक्ने चासो विश्लेषकहरूले देखाएका थिए । यसै महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोइमा हुने दोस्रो शिखर वार्तामा उहाँहरूबीच दशकौँ लामो युद्धविरामलाई अन्त्य गर्दै स्थायी शान्तिको प्रस्तावनाको घोषणा गर्नसक्ने अनुमानहरू गरिएका छन् ।

गत बर्ष सिङ्गापुरमा भएको पहिलो बैठकमा अमेरिकी राष्ट्रपतिले अनपेक्षित रूपमा अमेरिका तथा दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गर्नुभएको थियो । यसले दक्षिण कोरियालाई तनावमा पारेको थियो ।

ट्रम्पले गत हप्ता एक अमेरिकी सञ्चारमाध्यम सीबीएसलाई दिएको अन्तर्वार्तामा अमेरिकाले तत्काल आफ्नो फौजलाई हटाउने योजना नभएको बताउनुभएको थियो ।

(रासस÷एएफपी)

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result