Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माणार्थ महापुराण हुने

महापुराण अप्रिल ९ देखि १७ सम्म युलेसमा

फाल्गुन ९, २०८० ९:२८ मा प्रकाशित
पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माणार्थ महापुराण हुने
Share on FacebookShare on Twitter

टेक्सास ।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार परियोजनाका सम्बन्धमा पछिल्लो अवस्थाको बारेमा जानकारी दिएको छ । सो आध्यात्मिक केन्द्रले फेब्रुअरी १८, २०२४ मा पत्रकार सम्मेलनको आयोजना गरी टेक्सास राज्यको युलेस सिटीमा निर्माणाधीन सो परियोजनाको बारेमा अद्यावधिक जानकारी दिएको हो ।
मन्दिरको योजना, डिजाइन र निर्माण (DPC) का लागि नीति र प्रक्रियाको तयारी अन्तिम चरणमा रहेको जानकारी सो कार्यक्रममार्फत दिइएको थियो । नेपाली मौलिक संरचनालाई सम्मान गर्ने उद्देश्यले सो मन्दिर र स्तूपको डिजाइन गर्ने चरणमा नेपालका वास्तुकला र सांस्कृतिक महत्त्वका परियोजना समावेश हुनेछन् । जसले नेपाली संस्कृति, अनुष्ठान, परम्परालाई जगेर्ना गर्नुका साथै नेपाली समुदायका आवश्यकतालाई समेत सम्बोधन गर्ने मन्दिर निर्माण हुने सो आध्यात्मिक केन्द्रले जानकारी दिएको छ ।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को गौरवशाली परियोजना “नेपालको जस्तै श्री पशुपतिनाथ मन्दिर र बौद्ध स्तूप” निर्माण सहयोगार्थ “श्रीमद् देवी भागवत महापुराण (नवाह) ज्ञान महायज्ञ” यही अप्रिल ९ देखि १७, २०२४ सम्म टेक्सासको युलेसमा अवस्थित मन्दिर परिसरमा हुने महायज्ञ आयोजक समितिले सो पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

परियोजनाको लागि अनुमानित खर्च १० मिलियन डलर लाग्ने योजना, डिजाइन र निर्माण सिमितका अध्यक्ष निरज श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार सो परियोजना सम्पन्न गर्न (यदि दुई वर्षभित्र सकिएको खण्डमा) १० मिलियन डलरमा सम्भव हुने  र दुई वर्षभन्दा बढी समय लागेमा निर्माण सामग्री खर्च, पारिश्रमिक खर्च एवं सिटीको स्वीकृतिबापतको रकममा फरक पर्ने छ । यो परियोजनाको निर्माण कार्य सुरुवात गर्न अनुमानित बजेटको आधा अर्थात् ५ मिलयन डलर आवश्यक पर्ने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र ट्रष्टीका सचिव रविन खनालका अनुसार सो मन्दिर टेक्सासको अर्विङ सहरबाट युलेसमा सरेपछि हालसम्म ४ मिलियन डलर खर्च भइसकेको र मन्दिर परिसरमा पार्किङ स्थल बनाउन थप ६ लाख डलर लाग्ने  बताए  ।  हालसम्म मन्दिरको १.७ मिलियन डलर ऋण रहेको सचिव खनालले जानकारी दिए

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) का अध्यक्ष सीता सापकोटाले पत्रकार सम्मेलनमा बोल्दै पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूपको निर्माण नेपाली समुदायको गौरवको आयोजना भएक‍ो र सो आयोजना सम्पन्न गर्न महायज्ञ तथा हरेक नेपालीबाट मन्दिरको सदस्य बनेर सहयोग हुने अपेक्षा गरिएको  बताए
कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ट्रस्टीका अध्यक्ष रमेश पोखरेलले सबैलाई यो पुण्य कार्यमा सहभागिता जनाउन आग्रह  गरे भने उपाध्यक्ष डा. प्रेम अधिकारीले महायज्ञमार्फत मन्दिर निर्माणमा सहयोग र सहभागिताका लागि सबै नेपाली समुदायलाई आग्रह  गरेका थिए ।

सो अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका उपाध्यक्ष छवि चापागाईंले “श्रीमद् देवी भागवत महापुराण (नवाह) ज्ञान महायज्ञ” मा चर्चित कथावाचक पण्डित दिनबन्धु पोखरेलबाट पुराण वाचन हुने उक्त महायज्ञका लागि हालसम्म १७ वटा उपसमिति गठन गरिएको बताउनुभयो  । साथै, एक हजार ८ कलश उपलब्ध रहेको र सो कलश धमाधम बुकिङ भइरहेको उपाध्यक्ष चापागाईंले बताए

यसैगरी, मन्दिर कार्यसमितिका पूर्वअध्यक्ष तथा नेजाका आजीवन सदस्य सुरेशचन्द्र पोखरेलले “श्रीमद् देवी भागवत महापुराण (नवाह) ज्ञान महायज्ञ”का बारेमा जानकारी गराउँदै डीएफडब्लू क्षेत्रमा रहेका नेपाली समुदायका परिवारमा निमन्त्रणा बक्स उपलब्ध गराउने  बताए  । पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूपको निर्माण नेपाली भाषा, संस्कृति तथा नेपालीको पहिचानसँग जोडिएको विषय भएकाले सबैलाई सहयोग गर्न पोखरेलले आग्रह  गरेका थिए ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले “श्रीमद् देवी भागवत महापुराण (नवाह) ज्ञान महायज्ञ” को प्रचार-प्रसारको जिम्मेवारी नेजालाई प्रदान गरेको हुँदा नेजा सम्बद्ध सबै पत्रकार साथीहरूबाट महायज्ञको प्रचार-प्रसारलाई व्यापक बनाउने प्रतिबद्धता व्यक्त  गर्दै डालसको युलेसमा निर्माण हुन लागेको पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूप नेपालीको आस्था र नेपाली संस्कृतिको धरोहर बन्ने विश्वास व्यक्त गर्दै नेपाली समुदायलाई खुला हृदयले सहयोग गर्न आग्रह  गरेका थिए ।
कार्यक्रममा नेपाली समाज टेक्सासका महासचिव बिजय भुसालले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूपको निर्माण नेपाली समुदायको गौरवको परियोजना भएकाले महायज्ञमार्फत नेपाली समुदायबाट पूर्ण रुपमा सहयोग हुने विश्वास रहेको  बताए
पत्रकार सम्मेलनमार्फत सो परियोजना निर्माणमा लाग्ने अनुमानित बजेट तर्जुमाको लागि सो नवाह ज्ञान महायज्ञको आयोजना गरिएको जानकारी दिइएको थियो । साथै, यही महायज्ञका दौरानमा नेपाली समुदायमा सबैलाई सदस्यताका लागि अनुरोध गर्ने जानकारी गराउँदै आफ्नो गच्छेअनुसारको सहयोग गर्न विशेष आग्रह गरिएको थियो । सो मन्दिरमा हालसम्म लाइफ मेम्बर ६९, फाउन्डिङ मेम्बर ४७०, अनरेबल फाउन्डिङ मेम्बर १३२, ट्रस्टी ८७ र प्याट्रोन १७ जना रहेको NCSC वेबसाइट www.ourncsc.org मा उल्लेख छ ।

सम्बन्धित समाचार

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result