काठमाडौं । आन्दोलन गर्दै आइरहेका मिटरब्याजपिडीतहरुले बिहीबार भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिठ्ठी जुलुस निकालेका छन्।
आफूहरूको ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्ताको अपिल गरेको भए पनि पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन्। तीनपटकसम्मको वार्ता निष्कर्षविहीन भएको र आफूहरूको मागप्रति सरकारले नजरअन्दाज गरेको पीडितहरूले बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-