काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रले देशलाई सही निकास दिन नसकेको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले आज पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरूसँगको भर्चुअल बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष थापाले १४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद् पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए । ‘के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो ?’ भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-