Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘पुख्यौली’ र करबाकेली’को अनुसन्धान शुरु

फाल्गुन २७, २०७४ ६:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी २७ फागुन/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँ बसोबास गर्ने पुन मगर जातिको अमूर्त सांस्कृतिक सम्पदाका बारेमा अध्ययन र अनुसन्धान थालेको छ ।

मन्त्रालय, संस्कृति महाशाखाका कर्मचारी र संस्कृतिविद्को टोलीले अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित पुन समुदायको ऐतिहासिक धार्मिकस्थल करबाकेली थान र पुख्यौली संस्कृतिका बारेमा अध्ययन गर्दैछ । अमूर्त सांस्कृतिक सम्पदाका रुपमा रहेका पुख्यौली नृत्यकला र गीतको अभिलेखीकरण गरी संरक्षण तथा सूचीकृत गर्न स्थलगत अध्ययनका लागि आएको महाशाखाका प्रमुख सहसचिव भरतमणि सुवेदीले बताउनुभयो ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति, परम्परा र संस्कार भावी पुस्तालाई सहज रुपमा हस्तान्तरण गर्न अभिलेखीकरणसँगै संरक्षणमा सम्बन्धित समुदायलाई जागरुक बनाउने काम भइरहेको बताइएको छ ।

महाशाखाका कर्मचारीसहित संस्कृतिविद् डा पे्रम खत्री, डा भक्त राई, डा मीन श्रीसलगायतको टोलीले गाउँपालिकाका जनप्रतिनिधि, करबाकेली बाबा संरक्षण समिति, मगर अध्ययन केन्द्रका पदाधिकारी र स्थानीय पुख्यौली नृत्य समूहका कलाकारसँग अन्तक्र्रिया गरेको थियो ।

पुन समुदायका पुर्खा करबाकेलीको अवसान भएको मानिने सो स्थानमा समुदायले करोडाँै लगानी गरेर करबाकेली, विमला, फिमला, रामचन र कुलचन देवताका मूर्तिसहितको थानलगायत करोडौँका पूर्वाधार निर्माण गरेका छन् । विभिन्न भौतिक प्रमाण र तथ्यका आधारमा सो स्थानमा करबाकेलीको थान बनाइएको संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताउनुभयो । उहाँले करबाकेली क्षेत्र र पुख्यौली नृत्यलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्न सो टोलीसँग अनुरोध गर्नुभयो ।

जन्म, मृत्यु, विवाह, छेवारजस्ता संस्कारगत क्रियाकलापमा पुन मगर समुदायले पुख्यौली नृत्य देखाउने चलन छ । सोरठी भाकामा गाइने गीतको तालमा मादले र मारुनीले समूहमा पुख्यौली नाच्छन् ।

मगर पोशाकमा सजिई कम्मरमा मादल भिरेर बजाउँदै नाच्नेलाई मादले र उनीहरुसँगै महिलाको कपडा तथा गहनामा सजिएर नाच्ने पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठी गाउन र नाच्नका लागि करीब २० जनाको समूह आवश्यक पर्छ । पुराना पुस्ताका कलाकारको निधनसँगै पुस्ता हस्तान्तरण हुन नसक्नु, बसाइँसराइ र आधुनिकताको प्रभावका कारण पुख्यौली लोप हुने अवस्थामा पुगेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले करबाकेली र पुख्यौली संरक्षण तथा प्रवद्र्धनसँगै विश्वसम्पदा सूचीमा सूचीकृत गराउन संघीय सरकारसँग पहल गरिने बताउनुभयो । अध्यक्ष पुनले गाउँपालिकाको सहयोगमा करबाकेलीमा पुन समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result