Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

माछापालनबाट मनग्य आम्दानी

फाल्गुन २७, २०७४ १०:३६ मा प्रकाशित
Share on FacebookShare on Twitter

बागलुङ, २७ फागुन / बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पार्नुभएको छ ।

माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गर्नुभयो । विसं २०७० मा सानो पोखरीबाट शुरु गर्नुभएका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ ।

“पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसले भन्नुभयो ।

पोखरीमा अहिले ग्रास कार्प र कमन कार्प गरी चार हजार भुरा रहेको उहाँको भनाइ छ । श्रीसले प्रतिकिलो रु ५०० मा माछा बिक्री गर्दै आउनुभएको छ ।

“माछाको माग अत्यधिक छ, बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “माछापालनलाई अझै विस्तार गर्ने सोचमा छु ।” उहाँले थप ११ रोपनी जग्गामा माछापालनको योजना बनाउनुभएको छ । शुरुमा रु ६५ हजारको लागतमा माछापालन शुरु गर्नुभएका श्रीसले जिल्ला कृषि विकास कार्यालयबाट रु २० हजार अनुदान पाउनुभएको छ ।

आफ्नै ठाउँमा बसेर कृषि उद्यम गर्न पाउँदा सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । केही वर्षअघि पोखरामा भएको कृषि तालीमपछि माछापालनतर्फ आकर्षित भएको श्रीसले सुनाउनुभयो । माछापालनसँगै उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । उद्यमीको परिचय बनाउनुभएका श्रीसलाई उहाँकी श्रीमती टीकाकुमारीले सघाउँदै आउनुभएको छ ।

“हामीले मिलेरै काम गर्छौं, छोराछोरी पढाइमा बाहिर छन्”, टीकाकुमारीले भन्नुभयो, “कृषि पेशामै रमाएर बसेका छौँ, सन्तुष्ट पनि छौँ ।”

श्रीस दम्पतीको मेहनत देखेर गाउँका अन्यले पनि प्रशंसा गर्ने गरेका छन् । कास्की बेगनासबाट प्रतिभुरा रु ५० पैसामा ल्याउने गरेको श्रीसले बताउनुभयो । भुरा ल्याएर पोखरीमा छोडेको पाँच÷छ महिनापछि माछा बेच्न योग्य हुने उहाँको भनाइ छ । एक्लै ल्याउँदा ढुवानी महँगो परेपछि गाउँका माछापालक किसान मिलेर सँगै भुरा ल्याउने गरेका छन् ।

कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको हो । माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो बरेङ गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल बागलुङमा करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । कार्यालयले व्यावसायिक माछापालन गर्ने किसानलाई वर्षेनी अनुदान उपलब्ध गराउँदै आएको छ । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result