Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तालिबानद्वारा तीन बालबालिका र दुई महिलासहित सात सर्वसाधारणको हत्या

फाल्गुन २८, २०७४ ३:२३ मा प्रकाशित
Share on FacebookShare on Twitter

जलालावाद, अफगानिस्तान, २८ फागुन /अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ ।

नान्गाहार प्रान्तको प्रान्तीय सरकारले दिएको जानकारीअनुसार आइतबार राति तालिबानले गरेको सो आक्रमणमा परी एकै घरका तीन जना बालबालिका र दुई महिलासहित सात जनाको हत्या गरेका हुन् ।

त्यस घटनाको बारेमा थप जानकारी प्राप्त भएको छैन । के कति कारणले उनीहरुले यसरी राति घरमा हमला गरेर ती सर्वसाधारणको हत्या गरेका हुन् भन्ने बारेमा पनि केही नखुलेको अधिकारीहरुले जनाएका छन् ।
पन्ध्रजना तालिबान लडाकू मारिए

उता प्राप्त अर्काे एक समाचारमा अफगानिस्तानको हेलमान्ड प्रान्तमा अफगान सुरक्षा निकायहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि १५ जना तालिबान लडाकू मारिएका छन् ।

त्यस कारबाहीका क्रममा अरु १२ जना घाइते भएका अफगानिस्तानको रक्षामन्त्रालयले सोमबार जारी गरेको एक वक्तव्यमा जानकारी दिइएको छ ।

अफगान र अमेरिकी सेनाको हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेलमान्ड प्रान्तको नाहरी सर्राजमा ती लडाकू मारिएका बताइएको छ ।

त्यसैगरी सोही प्रान्तको छिमेकीमा पर्ने ग्रेस्क जिल्लामा गएको शुक्रबार पनि तालिबानका विरुद्धमा कारबाही भएको र त्यसमा परी १४ जनाको मृत्यु भएको थियो ।

रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार सो क्षेत्रमा केही दिनयता निरन्तर रुपमा कारबाही जारी रहेको छ । सो कारबाहीका क्रममा अरु पनि कैयौँ सुरक्षाकर्मी र तालिबान मारिएका थिए ।

गतवर्ष मात्र ३ हजार ४३० को मृत्यु

यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार तालिबानहरुको हिंसाका कारण गएको वर्ष अर्थात सन् २०१७ मा मात्र कम्तीमा पनि तीन हजार ४३० जनाको ज्यान गएको छ ।

गत वर्षको उक्त कारबाहीका क्रममा सात हजार जना भन्दा बढी घाइते भएका छन् ।

त्यस वर्ष मारिनेमा ६५ प्रतिशत गैरसैनिक नागरिक र बढीमा २० प्रतिशत सुरक्षाकर्मीको रहेका अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result