Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रलाई हजार मूर्ति उपहार दिने योजना

फाल्गुन २९, २०७४ ४:२८ मा प्रकाशित
Share on FacebookShare on Twitter

उर्लाबारी, मोरङ, २९ फागुन/ उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गर्नुभएको थियो ।

विंस २०६१ मा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गर्नुभएका बराइलीले २०७१ सालसम्म १५० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सक्नुभयो । निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना अब १० वर्षभित्र आफूले पूरा गरेरै छाड्ने अठोट उहाँले व्यक्त गर्नुभएको छ । उहाँ जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणका लागि डेढ वर्षअघि त्यहाँ पुग्नुभएको थियो ।

राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा रु ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उहाँको कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा डेढ वर्षदेखि बुद्धको मूर्ति कोर्दै आउनुभएका बराइलीले केही दिनअघि मात्र आफ्नो घर फर्किएका बेला रासससँग कुरा गर्दै राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गर्नुभयो ।

उहाँ भन्नुहुन्छ “अबको पाँच वर्षभित्र जापानमा बुद्धको मूर्ति निर्माण सकेर नेपाल फर्कन्छु र त्यसपछिको पाँच वर्ष हजारौ मूर्ति निर्माणमा समर्पित हुन्छु ।” जापानको कुमामोतो जिल्लाको खामीआमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उहाँसहित चार जनाले बुद्धको मूर्ति सिर्जना गरिरहनुभएको छ ।

मूर्ति निर्माणवापत उहाँलाई दैनिक नेपाली रु १४ हजार आम्दानी भइरहेको छ । उहाँको नेतृत्वमा काभ्रेपलाञ्चोकका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेशकुमार राई संलग्न । उहाँको परिवार भने हाल उर्लाबारी–६ मै डेरा लिएर बस्दै आएको छ । उहाँको परिवारमा आमा, श्रीमती र एक छोरा हुनुहुन्छ । राज्यले के दियोभन्दा पनि राज्यलाई केही दिनुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका मूर्तिकार बराइली आफूले निर्माण गरेका मूर्तिको व्यवस्थापनको पिरलोमा पर्नुभएको छ ।

राष्ट्रलाई एक हजार ढुंगाका मूर्ति दिने फलामे सपना पूरा गर्न सक्छु भन्ने आफूमा विश्वास भए पनि त्यसको व्यवस्थापन समस्या बनेको उहाँले बताउनुभयो । निर्माण गरेका मूर्तिको व्यवस्थापनका लागि उहाँले घर नजिकै वार्षिक रु १५ हजारमा जग्गा भाडा लिएर व्यवस्थापन गर्दै आउनुभएको छ तर वर्षामा आउने बाढीका कारण मूर्ति बगाएर लैजाने चिन्ता छ ।

उहाँले निर्माण गरिसक्नुभएका मूर्ति अहिले सो जग्गामा बनाएको टहरामा छरपस्ट अवस्थामा छन् । आफ्नो आर्थिक अवस्था कमजोर भए पनि राष्ट्रलाई हजार मूर्ति उपहार दिर्ने घोषणा गर्नुभएका उहाँ भन्नुहुन्छ, “मलाई मूर्ति निर्माणका लागि आवश्यक ढुंगा, औजार र संरक्षणस्थलको व्यवस्था गरेर राज्यले सहयोग गरेको भए म जापान जाने थिइन । ”
करीव १५ वर्ष अगाडि राजनीतिज्ञ मदन भण्डारी र जीवराज आश्रितको पहिलो मूर्ति निर्माण गर्नुभएका उहाँले हालसम्म दुई हजार ५०० भन्दा बढी ढुंगाका मूर्ति निर्माण गरिसक्नुभएको छ ।सुमन घिमिरे /रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result