Wednesday, May 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चिनियाँ राष्ट्रपति सिद्वारा अमेरिका उत्तर कोरिया वार्ता सफलताको कामना

फाल्गुन २९, २०७४ २:३० मा प्रकाशित
Share on FacebookShare on Twitter

बेइजिङ, २९ फागुन / चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेको भनिएको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिनुभएको दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो ।

उहाँले भन्नुभयो– आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उपलब्धि हासिल होस् र आगामी दिनमा विश्व शान्तिका लागि पनि उपलब्धिमूलक हुन सकोस् ।

राष्ट्रपति चिनफिङले सो धारणा चीन पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतसँग मङ्गलबार राख्नुभएको हो । दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ सोमबार चीन पुग्नुभएको छ ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका चुङ दक्षिण कोरियाली विशेषदूतका रुपमा गएको बिहीबार अमेरिका पुग्नुभएको प्राप्त समाचारमा जनाइएको थियो ।

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो ।

उत्तर कोरियाका नेता किम जङ उन र दक्षिण कोरियाली राष्ट्रपतिको सन्देश बोकेर अमेरिका पुग्नुभएका उहाँ सोही प्रयोजनका लागि चीन पुग्नुभएको छ ।

उहाँले चिनियाँ राष्ट्रपति चिनफिङलाई भेटेर यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनसँग भएको भेटवार्ताका बारेमा जानकारी गराउनुभएको थियो ।

सो जानकारीपछि चिनियाँ राष्ट्रपति चिनफिङले अमेरिका र उत्तर कोरियाबीचको वार्ता सौहार्द होस भनी कामना गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुनसक्ने सम्भावना रहेको हालै बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको बताउनुभएको थियो ।

साथै उहाँले सो वार्ताका लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग कुराकानी गरेर उनीहरुको पनि समर्थन र सहयोग लिन चाहेको खुलासा गर्नुभएको थियो ।

समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।

वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको पनि बताइएको छ ।

राष्ट्रपति चिनफिङ्ले चीन पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर कामगर्न लागिपर्ने धारणा पनि राख्नुभएको थियो ।

उहाँले चीन पहिलेदेखि नै कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण रुपमा वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको र वार्तालाई सधैँ समर्थन गर्ने धारणा पनि राख्नुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बताएको छ । (रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result