काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर एकल विन्दुमा झार्न पहल गर्ने आश्वासन दिएका छन् ।
आज प्रधानमन्त्री कार्यालयमा बैंक तथा वित्तीय संस्थाविरूद्ध आन्दोलनमा रहेका उद्योगी व्यवसायीलाई भेट गरी प्रधानमन्त्री प्रचण्डले यस्तो आश्वासन दिएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले व्यवसायीका माग पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । “प्रधानमन्त्री प्रचण्डले नै हामीलाई बोलाएर समस्या बुझेको र अब बैंकको ब्याजदर एकल विन्दुमा झार्ने बताउनु भयो । हामीलाई विश्वास छ अब बैंकको ब्याजदर एकल विन्दुमा झर्छ,” रिजालले भने, “हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं । सरकारले हाम्रा माग सम्बोधन गर्ने भएको छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-