काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बुधबारदेखि नयाँ ब्याजदर लागू गरेका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले चैतदेखि कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै अन्य वर्गका वित्तीय संस्थाले पनि घटाएका हुन्।
आजदेखि निक्षेपको ब्याजदर ०.४ प्रतिशतले तथा कर्जाको प्रिमियम दर १ प्रतिशतले घटेको हो । नयाँ ब्याजदरअनुसार साधारण बचतमा ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज पाइनेछ ।
मुद्दति निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।
यता, विकास बैंकहरुले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटेको छ । विकास बैंकहरुको छाता सङ्गठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-