राजविराज, १ चैत
नेपाल शिक्षक संघ, सप्तरीको ८औँ जिल्ला अधिवेशनबाट शैलेन्द्र मण्डलको नेतृत्वको प्यानलै विजयी भएको छ ।
बुुधबार साँझ सम्पन्न निर्वाचन परिणमअनुसार मण्डलले ८७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी सूर्यनारायण यादवले ५५७ मत ल्याउनुभएको छ ।
महिला उपाध्यक्षमा अरहुलकुमारी साहले ८८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी चित्रलेखा देवले ५२६ मत प्राप्त गर्नुभएको छ ।
अर्का उपाध्यक्ष भगवतीप्रसाद चौधरी ८८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा विश्वनाथ भदेश्वार यादवले ८४६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी श्यामकुमार चौधरीले ५७१ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक विद्यानन्द झाले बताउनुभयो ।
यस्तै, अर्थ सचिवमा पञ्चदेव चौधरी, सचिव (महिला) मा रञ्जना यादव, र सचिव पुरुषतर्फ लक्ष्मण मेहता विजयी हुनुभएको निर्वाचन समितिका संयोजक झाले जानकारी दिनुभयो ।
सचिव अर्थ (महिला)मा शोभा यादव, सचिव (समावेशी)मा छत्रनारायण यादव र सुन्दर रजक विजयी हुनुभएको छ ।
सदस्यमा मो असगर, गजेन्द्र मण्डल, सूर्यनारायण ठाकुर, विनयकुमार यादव, आशा यादव, सुशीला चौधरी र सुनिता चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघीय प्रतिनिधितर्फ पर्शुराम यादव, महेन्द्रप्रसाद यादव, प्रमोद कटुवा, विनोदकुमार साह विजयी हुनुभएको छ भने संघीय प्रतिनिधि महिलातर्फ गीता चौधरी र कामना ठाकुर विजयी भएको बताइएको छ ।
प्रदेश प्रतिनिधितर्फ शोभाकुमारी यादव, पुष्पा देव, सत्यनारायण यादव, दिनेशकुमार मण्डल, अनुजकुमार गुप्ता, धर्मदेव साह, जगदीशप्रसाद यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ । रासस
प्रतिक्रिया लेख्नुहोस्:-