Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी

चैत्र १, २०७४ ११:०६ मा प्रकाशित
उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी
Share on FacebookShare on Twitter

काठमाडौँ, १ चैत / प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा (एमाले)का डा शिवमाया तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिनुभएको छ ।

शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि उहाँहरु दुवैले आज उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।

डा तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी हुनुहुन्छ भने भुसालको प्रस्तावकमा डा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा गौतमले बताउनुभयो । भोलिको प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारीउपर छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ ।

उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुखको निर्वाचत गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी) केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतितिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ ।रासस

सम्बन्धित समाचार

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर
ट्रेन्डिंग न्यूज्

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
ट्रेन्डिंग न्यूज्

नेपालमा सद्भाव र सहिष्णुतामाथि प्रहार भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

राप्रपाले निर्वाचन जितेमा भ्रष्टाचारीमाथि डोजर चलाउने राजेन्द्र लिङ्देनको दृढता
राजनीति

राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने अध्यक्ष लिङ्देनको जिकिर

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित
अमेरिका समाचार

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित

काठमाडौं  आइपुगे  एमसीसीका उपाध्यक्ष अलफोर्ड
ट्रेन्डिंग न्यूज्

काठमाडौं आइपुगे एमसीसीका उपाध्यक्ष अलफोर्ड

अहिलेको सत्ता गठबन्धन टुट्न सक्ने ओलीको शंका
राजनीति

सत्तापक्षले जबरजस्ती गरेको अध्यक्ष ओलीको आरोप

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result