काठमाडौँ, १ चैत/ विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीलाइ नेपालले पराजित गरेको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई ११५ रनको चुनौती दिएको थियो ।
पपुवा न्यूगिनीका लागि चार्लस अमिनीले सर्वाधिक १९ रन तथा जासोन किलाले १५ रन बनाए । पपुवा न्यूगिनीलाई ११४ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान चार÷चार विकेट लिए भने करण केसी र सोमपाल कामीले एक-एक विकेट लिए ।
जवाफी ब्याटिंगमा उत्रेको नेपालले दुवै ओपनर ज्ञानेन्द्र मल्ल र आरिफ शेखलाइ सस्तैमा गुमाएको थियो । ज्ञानेन्द्र मल्लले तीन बलको सामना गर्दै १ रन बनाए भने भने आरिफ शेखले ११ बलको सामना गर्दै ९ रन बनाए । कप्तान पारस खड्का २० रन, दीपेन्द्र सिंह एरि ५९ रन र आरिफ शेखको २६ रनको मद्दतले नेपालले पपुवा न्युगिनीलाइ २३ ओभरमा ११५ रन बनाउँदै पराजित गरेको छ ।
नेपाललाई एकदिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने थियो । पुछारका चार टिम मध्य नेदरल्याण्डले पहिला नै एकदिवसीय मान्यता प्राप्त गरिसकेको छ । बाँकी तीन टिम पपुवा न्युगिनी, हंगकंग र नेपाल मध्य जसको सबै भन्दा राम्रो स्कोर हुन्छ सो टिमले नै एकदिवसीय मान्यता प्राप्त गर्नेछ ।
अहिले नेदरल्याण्ड र हंगकंगबीचको खेल जारीरहेको छ । नेदरल्याण्डले दिएको १७५ रनको लक्ष पच्छ्याईरहेको हंगकंगले ३९ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै 111 रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-