Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

खानेपानीको अभावले बस्ती नै संकटमा

चैत्र ६, २०७४ ४:२८ मा प्रकाशित
Share on FacebookShare on Twitter

सल्यान, ६ चैत

गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ ।
पानीका मुहान सुक्दै जान थालेपछि यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटालगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ ।
प्रत्येक घरबाट पानी लिनका लागि एकजना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै वनगाड कुपिण्डे–१२ चौरकी रेवती वलीले भन्नुभयो, “वरपर मुहान छैन दुई घण्टा हिँडेर एकगाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।”
नजिकैको पोखरीमा जमेको पानी शौचालयका लागि प्रयोग गर्ने गरिन्थ्यो तर अहिले पोखरीको पानी सुकेपछि त झन समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ । स्थानीय चन्द्रबहादुर पुनले पीडा सुनाउनुभयो, “बिहानै उठेर पानी लिन जानुपर्छ ५ बजे पानी लिन गएको मानिस ८ बजे फर्किन्छ, पानीकै लागि समय दिन परेकाले छोराछोरीलाई समयमा विद्यालय पठाउन सकिँदैन यसले गर्दा तिनको पढाइसमेत बिग्रेको छ ।”
“दिनभरि पानी बोकेको मानिसकै लागि त पु¥याउन सकिँदैन, बस्तुभाउलाई कहाँबाट पु¥याउनु ? यस्तै अभाव भोग्दै जानुपर्ने हो भने बस्तुभाउ पाल्न सकिँदैन ।” पुनले भन्नुभयो । आकाशेपानी संकलनका लागि ट्यांकी बनाएको भए पनि पानी नपरेपछि प्रयोगविहीन हुन थालेको छ ।
“उच्च बस्ती भएका कारण पानीका मुहान पनि कम छन्, त्यसमा पनि लामो खडेरीले गर्दा पानीका सबै स्रोत सुकिसकेकाले लिफ्ट प्रणालीको पानी ल्याउनुबाहेक विकल्प नभएकाले यसका लागि आफूले प्रयास गरिरहेको छु ।” वनगाड कुपिण्डे–१२ का वडाध्यक्ष गोविन्द डाँगीले भन्नुभयो ।
खानेपानीको अभावकै कारण धेरै मानिसले बसाइँ सरिसकेको उहाँको भनाइ थियो । “विकट क्षेत्र भएकाले धेरैको नजर पुगेको छैन यस्तै अभाव रह्यो भने यस्तो ठाउँमा मानिस कसरी बस्लान र बसाइँ सर्नुको विकल्प छैन ।”
कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरको चोत्रेमा पनि खानेपानीको अभाव भएपछि त्यहाँको बस्ती नै काकाकुल बनेको छ । एकगाग्री पानी लिनका लागि तीन घण्टा समय खर्चनु परेपछि सिङ्गो बस्ती नै काकाकुल बनेको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले बताउनुभयो ।
सतचालिस घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको संकटले बस्ती नै सर्ने भएको छ । “नजिकका पानीका मुहान सुकिसके एकगाग्री पानी लिनका लागि डेढ घण्टा पैदल तल झरेर पानी ल्याउनुपर्छ पानीको समस्या समाधान भएन भने बस्ती नै उठ्न सक्छ ।” उहाँले भन्नुभयो, “ घरका पाका व्यक्तिले दिनभरि पानी ओसार्ने भएपछि बालबालिकाको पढाइमा समेत असर परेकोे छ ।”
कालीमाटी गाउँपालिका–१ का कोट, वयाले, पोखरा, ढुंगकटेरी, धुम्का, आरुचौरलगायतका धेरै बस्तीमा खानेपानीको अभाव छ पानी ओसार्नका दुई जनासम्म दिनभरि खटिनुपर्छ खानेपानीको अभावका कारण यहाँका बासिन्दाले बसाइँसराइ गर्न थालेका जानकारी दिंदै वडाध्यक्ष बस्नेतले भन्नुभयो पानीको अभाव भएका बस्तीमा खानेपानी उपलब्ध गराउनका लागि आफूले सक्दो प्रयास गरेको छु । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result