Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

चैत्र ७, २०७४ ४:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ चैत । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा
‘साथी फेर्न सकिन्छ
छिमेकी फेर्न सकिन्न’
म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’

कवि कृसु क्षेत्रीले आठौँ कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको आह्वान गरेका छन् । बयालीस वटा कविता रहेको साझा प्रकाशनबाट प्रकाशित कृतिमा कविले मुलुक र विश्वका नागरिकका पहिचान, राष्ट्रियता र भोकको पीडालाई राम्ररी मुखरित गर्न सकेका छन् । आमामा नै प्रकृतिका सबै अवयव भेट्ने कवि क्षेत्री आफ्ना पितालाई जीवनको ट्राफिक बत्ती, शिक्षक र सारथी ठान्छन् । उनी आफ्ना कवि दाइलाई भने प्रमिथस, सिद्धार्थ र कृष्ण मान्छन् । कवि दाइको व्यक्तित्वले आफूलाई जताततै थिचेकामा उनले आफूलाई निकै हीनताबोध भइरहेको पीडा पनि पोखेका छन् ।
महाभारत र नेपाली इतिहासका थुपै्र पात्र र विम्वलाई प्रयोग गरेका कविले पश्चिमा मिथकीय र वास्तविक पात्रलाई पनि कवितामा ल्याएका छन् । यिनी मातृभाषा, संस्कृति र राष्ट्रियताप्रति हुरुक्कै हुन्छन् । हाल नेपाली महावाणिज्यदूतावास न्युयोर्क, अमेरिकाका वाणिज्यदूत क्षत्री अमेरिका, फ्रान्स, बेलायती पृष्ठभूमिका कवितामार्फत शरणार्थी र आप्रवासीका आवाज उठाउँछन् । कवि माओवादी द्वन्द्वका बेला मारिएकी काजोल खातुनमार्फत हिंसाको विरोध गर्छन् र मुलुकको भविष्यप्रति चिन्ता पनि व्यक्त गर्छन् । केही प्रेम प्रणयका विषय, केही मुलुकको अवस्था र र केही विश्व परिवेशका सामग्रीबाट उनका कवितामा विविधता भेटिन्छ ।
पारिवारिक विषय बढी नै उठाएका कविमा मुलुकको चिन्ताका साथै विश्वको समस्या केलाउने सामथ्र्य पाइन्छ । केही वर्णविन्यासका दोष पनि छन् । कृति पढेपछि पाठकले पछिल्लो पुस्ताको लेखन प्रवृत्ति राम्ररी बुझन् सक्छ ।
‘ए स्वतन्त्रताकी देवी !
तिमी हुनु र नहुनुको कुनै अर्थ छैन
औचित्य सावित गर
नत्र हाम्रा शरणार्थीहरुको आत्महत्यामा सहभागी बन…’
श्याम रिमाल / रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result