Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हात्तीमा क्षयरोगको संक्रमण घट्दै

चैत्र ७, २०७४ १२:४५ मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, ७ चैत / देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा समस्याको रुपमा देखिएको क्षयरोगको संक्रमण न्यूनीकरण हुँदै गएको छ ।

अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरिनरी डाक्टर अमृत सडौलाका अनुसार सन् २०१४ सम्ममा क्षयरोगको संक्रमणका कारण १५ हात्ती मरेका थिए ।

त्यसयता संक्रमणले हात्ती मर्न पाएका छैनन् । सन् २००२ बाट संक्रमण देखा पर्न थालेको भएपनि अनुसन्धान गरी रोगको पहिचान गर्न सन् २००७ सम्म लागेको थियो ।

सन् २०१६ मा गरिएको पछिल्लो परीक्षणमा नौवटा हात्तीमा मात्र संक्रमण देखिएको थियो । त्यतिबेला ९३ वटा सरकारी हात्तीमा परीक्षण गरिएकामा पाँचवटा औषधि खाइरहेका र चारवटा नयांँ हात्तीमा संक्रमण देखिएको सडौलाले बताउनुभयो ।

त्यसअघि सन् २००७ यता ६१ वटा हात्तीलाई क्षयरोग संक्रमणविरुद्धको औषधि खुवाइएको थियो । पांँचवटा बाहेक अन्य ५६ वटा हात्ती रोगबाट मुक्त भएको उहांँले बताउनुभयो ।

संक्रमण देखिएका हात्ती १५ वर्षमाथिका रहेका छन् । हात्तीको क्षयरोग परीक्षणका लागि किट पाउन कठिन हुने गर्दछ । सडौलाका अनुसार अमेरिकाको चेम्बियोमा मात्र किट पाइने र एउटा किटको २० डलर पर्ने हुँदा खरिदमा कठिन पर्नेगरेको छ । जसका कारण यसवर्ष माइक्रो ब्याक्टेरियम ट्युवरक्लोसिसको डिएनए परीक्षण गरेर हात्तीमा रोग संक्रमण भए नभएको पत्ता लगाउन लागिएको उहांँले बताउनुभयो ।

मान्छेबाट पशुमा र पशुबाट मान्छेमा पनि क्षयरोग सर्ने भएकाले क्षयरोग लागेका हात्तीलाई अलग्गै राख्ने गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठककाअनुसार संक्रमण देखिएका हात्तीलाई अरु हात्ती भन्दा एकान्तमा राख्ने, उपचार गर्ने र सामान्य गस्ती बाहेक काम लगाइएको छैन ।

हात्तीमा रोग देखापरे पनि हालसम्म माउते र सहयोगीमा रोग सर्न नपाएको निकुञ्जले जनाएको छ । नेपालमा प्रकृति संरक्षण कोषको सातसहित सरकारी एक सयवटा र निजी एक सय हात्ती रहेका छन् ।

निजी र सरकारी हात्तीमा मानिसबाटै रोग सरेको अनुमान गरिएको छ । हात्तीलाई पर्यटक घुमाउन, वनक्षेत्रमा गस्ती गर्न, वन्यजन्तु नियन्त्रणमा लिन प्रयोगमा ल्याइँदै आएको छ ।रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result