Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अस्टिन सिरियल बमकाण्डका आरोपितले आफैंलाई बिस्फोटन गराए

चैत्र ७, २०७४ ५:१९ मा प्रकाशित
अस्टिन सिरियल बमकाण्डका आरोपितले आफैंलाई बिस्फोटन गराए
Share on FacebookShare on Twitter

आरोपितको मृत्यु, घटनाको अनुसन्धान जारी

गएको तीनहप्ता देखि लगातार भैरहेको बमविस्फोटको घटनाले टेक्ससको राजधानी शहर अस्टिनको जनजीवनलाई निकै प्रभावित गराइरहेको थियो।अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई) लगाएत स्थानीय सुरक्षा अधिकारीहरुको सघन अनुसन्धानले दुईजनाको ज्यानजाने गरि भएको लगातारको बमबिस्फोटनको पटाक्षेप त्यतिखेर भयो, जब संभावित आरोपितले चलाइरहेको गाडी भित्रै आफैंले बनाएको घरेलु बम बिस्फोट गराएर आफैंलाई मारे। प्रहरी अनुसन्धानबाट संभावित दोषीका रुपमा पत्ता लागेका २४ बर्षीय मार्क एन्थनी कन्डिट्ले स्थानीय स्टोरहरुबाट किनेका शंकास्पद सामाग्रीहरुको बील, नीजले गुगलमा सर्च गरेका शंस्कास्पद सामग्रीहरुको खोजी, फेडेक्समार्फत पठाएका बिस्फोटक पदार्थ सहितको पार्सलहरुको जाँचपड्ताल र प्रत्यक्षदर्शीहरुबाट लिइएको बयानबाट बनाइएको स्केचबाट संभावित ‘सिरियल बम्बर’ पहिचान भएको सिएनएन लगाएतका अमेरिकी समाचारहरुमा जनाइएको छ।

अस्टिन पुलिसका प्रमुखले बुधवार बिहानै पत्रकार सम्मेलन गरेर घटनाको विवरण संचार माध्यमहरुलाई दिएका छन्।अस्टिन प्रहरी प्रमुख ब्रायन म्यान्लीका अनुसार आरोपितको फोन ट्रयाकिंग गरेर उनी बसेको राउण्ड रक स्थित होटललाई सबैतिरबाट घेरिएको थियो। बम लगाएतका हतियार भएको व्यक्तिलाई कब्जामा लिन सक्षम ट्याक्टिकल टिमको मद्दत लिने प्रयासकाबीच नै आरोपित गाडी लिएर हाइवे-३५ तिर लागेकोले प्रहरीले पछ्याइरहेकै बेला उनले अचानक गाडी रोकेर गाडी भित्रै आफैंलाई बिस्फोट गराएको, बिस्फोटनबाट एकजना स्पेशल विपन्स एण्ड ट्याक्टिस- (SWAT) टिमका एकजना अधिकारी सामान्य घाइते भएको जनाइएको छ। बिस्फोटन लगत्तै ट्याक्टिकल टिमबाट समेत आरोपितलाई गोली प्रहार भएको अस्टिन पुलिस प्रमुखले प्रेस कन्फ्रेन्समा बताएका छन्। घटनामा सख्त घाइते भएका आरोपित कन्डिक्ट्को तत्काल मृत्यु भएको जाइएको छ। आरोपितलाई जिउँदै समात्ने प्रयास बिफल भएकाले उनले अन्यत्र पनि बमका बाकसहरु छाडेको वा फेडेक्स मार्फत पठाएको हुनसक्ने संभावना रहेकाले मानिसहरुलाई सजग रहन र शंकास्पद बस्तु वा घटना देखे तत्काल प्रहरीलाई खबर गर्न भनिएको छ।

लगातारको बम बिस्फोटनले निकै आतंकित बनेका अस्टिन शहरका बासिन्दाहरुलाई सिरियल बम्बरको मृत्युले तत्काललाई राहत महशुस गराएको भएपनि कन्डिक्टको अन्य आपराधिक वा आतंकवादी समुहहरुसंगको साँठगाँठ थियो कि थिएन भनेर थाहा नलागेसम्म निश्चिन्त हुन सकिने अवस्था छैन। सम्पूर्ण धेरैको ध्यान खिचेको अस्टिन ‘सिरियल बम्विंग’को घटनाका संभावित आरोपितको मृत्युबाट अमेरिकी राष्ट्रपति सहित अनुसंधानमा संलग्न समग्र सुरक्षा अधिकारीहरुले राहत महशुस गरेका छन्। राष्ट्रपति ट्रम्पले अस्टिन आरोपितको मृत्यु भएकोमा कानून कार्यान्वयनमा संलग्न अधिकारीहरुको प्रशंसा गरेका छन्।

घटनामा अहिलेसम्म कोही पनि नेपाली समुदायका व्यक्तिहरु प्रभावित नभएको अस्टिन निवासी बिनोद कुईंकेलले दूरबिन नेपाललाई बताए।

तस्वीर/ स्रोत: सिएनएन, एनविसी न्यूज

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result