Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नयाँ राष्ट्रपति चयनगर्दै म्यानमारको संसद

चैत्र ९, २०७४ १:३५ मा प्रकाशित
Share on FacebookShare on Twitter

याङ्गुन, ९ चैत / म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ ।

म्यानमारका उपराष्ट्रपतिलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन मिल्नेगरी प्रक्रिया पूरागर्ने बताइएको छ ।

म्यानमारको संसदको तल्लो सदन प्रतिनिधिसभाले हालका उपराष्ट्रपतिमध्येबाट राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेगरी निर्वाचक मण्डल गठन गर्ने र त्यसको प्रक्रिया पूरागर्ने बताइएको छ ।

राष्ट्रपति कायले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । बुधबार उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको जानकारी दिइएको छ ।

म्यानमारको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएपछि त्यसको सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने प्रावधान छ ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुभएको छ ।

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो । उहाँले स्वास्थ्यका कारण आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँको राजीनामापछि म्यानमारको प्रतिनिधिसभाका सभामुखले पनि राजीनामा दिनुभएको थियो । उहाँको स्थानमा भने बिहीबार नै संसदले नयाँ सभामुख चयन गरिसकेको छ ।

म्यानमारको वर्तमान संसद सन् २०१६ को अप्रिल महिनामा निर्वाचित भएको हो । पाँच वर्षका लागि निर्वाचित सो संसदसँगै यहाँको सरकार र संसदका पदाधिकारीहरु पनि पाँच वर्षकै लागि निर्वाचित भएका हुन् ।

सन् २०१५ को निर्वाचनमा यहाँको प्रमुख राजनीतिक दल नेशनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत प्राप्त गरेको थियो ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दलले स्पष्ट बहुमत हासिल गरेपछि यहाँको सरकारले पाँच वर्ष शासनगर्ने अधिकार प्राप्त गरेको छ । रासस÷सिन्ह्वा

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result