Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सभापति देउवामाथि खनिए नेताद्वय सिंह र सिटौला

चैत्र ९, २०७४ २:४१ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ चैत / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ ।

बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा नेताहरुले आ–आफ्ना धारणा राख्नुभएको छ ।

बैठकको शुरुमै धारणा राख्नुभएका पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति शेरबहादुर देउवाका कार्यशैली भएको आरोप लगाउनुभयो ।

नेता सिंहले आठ पृष्ठ लामो सुझाव एवं प्रस्ताव राख्दै नेपालको निर्वाचनको इतिहासमा काँग्रेसले भाग लिएको निर्वाचनमा यो स्तरको लज्जास्पद पराजय विगतमा कहिल्यै भोग्नुपरेको थिएन भन्नुभयो ।

पार्टी सभापति देउवाले नेकपा (माओवादी केन्द्र) सँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँटको सम्झौता र स्थानीय तहको निर्वाचनमा पुष्पकमल दाहाल पुत्रीलाई प्रमुखामा जिताउन खेलेको भूमिका, काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टाका कारणे निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको नेता सिंहले आरोप लगाउनुभयो ।

मधेश केन्द्रित दललाई मनाउन काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको औचित्य सिद्ध गर्न नसक्नु, मधेश केन्द्रित दललाई एकतर्फीरुपमा निर्वाचनमा उम्मेदवार नै नदिएर गुन लगाउनु र भारतले नेपालमा गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा बोल्न नसक्नु काँग्रेसका लागि दुर्भाग्य भएको नेता सिंहले टिप्पणी गर्नुभयोे ।

तत्कालिन प्रधानन्यायाधीशका विरूद्ध महाअभियोग लगाउने कुत्सित प्रयास गर्नु, नेपाल प्रहरीको एक जना डिआइजीलाई बढुवा गरेर प्रहरी महानिरीक्षक बनाउने पार्टी सभापतिको रबैया, दुई वर्ष बितिसक्दा पनि उपसभापति र महामन्त्रीसहित केन्द्रीय कार्यसमिति गठन र पार्टी विभाग पूर्णता दिन नसक्नु निर्वाचनमा पराजयका कारण भएको पनि उहाँले बताउनुभयो ।

निर्वाचन प्रचारप्रसार र व्यवस्थापन फितलो हुनु, पार्टीका भातृ संस्थाको निर्वाचनमा कुनै प्रभावकारी उपस्थिति नरहनु, संविधानको प्रावधानअनुसार पार्टी संगठनलाई पुनःसंरचना नगरिनु, कथित ६०÷४० को भागबण्डाले निरन्तरता पाउनु, टिकट वितरण वरिष्ठता योगदानभन्दा गुटगत आधारमा वितारण गर्नु, लोक हसाउने गरी ६४ जनाको मन्त्रिमण्डल गठन गर्नुलगायत कारणले निर्वाचनमा पराजय भोग्नुपरेको नेता सिंहले भन्नुभयो ।

काँग्रेसको निर्वाचन पराजयमा पार्टी सभापति, नेतृत्व विशेष वा कुनै एउटा पक्षलाई मात्र दोष देखाएर आफू चोखो बन्ने प्रयास कसैले पनि गर्नै नहुने बताउँदै उहाँले निर्वाचनमा पार्टीको पराजयलाई एउटै पाटोबाट मात्र जाँचेर नहुने धारणा व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठकमा निर्वाचनपछिको परिस्थितिका बारेमा विस्तृत समीक्षा शुरु भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको अध्यक्षतामा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायत नेता तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ ।

बैठकमा अर्का पूर्वमहामन्त्री सिटौलाले संविधान घोषणापछिको सत्ता समीकरणमा नेतृत्वबाट गम्भीर त्रुटि भएको उल्लेख गर्नुभयो । पराजित हुने देख्दादेख्दै तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्री पदमा उठाउँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत महत्वपूर्ण पद सबै कम्युनिष्ट पार्टीको हातमा गएको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई खुशी बनाउने नाममा स्थानीय तहको निर्वाचनमा चितवनमा काँग्रेस उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी केन्द्रबाटै रद्द गर्दा काँग्रेसप्रति मनोवैज्ञानिक नकारात्मक असर परेको नेता सिटौलाले बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका नाममा काँग्रेसले अन्य दललाई सहयोग गरेको तर बदलामा आफ्ना उम्मेदवारलाई असहयोग भएको भन्दै उहाँले नेतृत्वले चुनावी रणनीतिको तालमेल गर्न नसकेको आरोप लगाउनुभयो ।

संघीयता, समाबेशी लोकतन्त्र, गणतन्त्रजस्ता एजेण्डालाई निर्वाचनका वेलामा व्यापक प्रचारप्रसार गर्न नसकेको, निर्वाचन व्यवस्थापन र टिकट वितरणको निर्णय प्रक्रियामा त्रुटि भएको उल्लेख गर्दै नेता सिटौलाले संसदीय बोर्ड, केन्द्रीय कार्यसम्पादन समिति विधानविपरीत गठन गर्दा नकारात्मक सन्देश गएको बताउनुभयो ।

पार्टीको घोषित सिद्धान्त र व्यवहारमा ठूलो अन्तर देखिएको उहाँको आरोप थियो । पार्टी प्रदेश र केन्द्रमा प्रतिपक्ष रहेकाले सशक्त प्रतिपक्षीका लागि नयाँ ढंगले नीति, संस्कार, व्यवहार, निर्णय प्रक्रिया र सिद्धान्तमा आमूल परिवर्तनको आवश्यकता रहेको उहाँले टिप्पणी गर्नुभयो ।

पार्टीको १४औँ महाधिवेशन छिट्टै गर्नुपर्ने नभए तत्काल महासमिति बैठक बोलाउनुपर्ने उहाँको विचार थियो । पार्टी पदाधिकारी मिलेर पार्टी कब्जा गर्न सकिएला तर वामपन्थीको कब्जाबाट मुलुकलाई भने छुटकारा दिलाउन नसकिने उहाँको धारणा थियो ।

बैठकमा पार्टीका नेता एवं पूर्वमन्त्री डा नारायण खड्काले नेकपा (एमाले)ले नाकाबन्दीको विरुद्धमा आवाज उठाइ राष्ट्रवादका नाममा जनमत सिर्जना गर्नु, दुई ठूला कम्युनिष्ट दलबीच चुनावी गठबन्धन हुनु, पार्टीभित्रको अन्र्तघातलगायत कारणले निर्वाचनमा पार्टी पराजय भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले पार्टीमा सुधार र आगामी कार्यदिशा तय गर्न महासमिति बैठक बोलाइ आवश्यक छलफल गर्नुपर्ने माग गर्नुभयो । पार्टीलाई सशक्त बनाई अघि बढाउन पार्टीभित्र गुटको राजनीति अन्त्य हुनुपर्ने उहाँको धारणा थियो ।

आजको बैठकमा उहाँ तीन जनाले मात्र धारणा राख्नुभएको थियो । बैठक भोलि पुनः बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result